चितवनको पर्यटीय क्षेत्रको होटल भरिभराउ

चितवन १८ पुस । लामो समयदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्र अग्रेजी नयाँ वर्षले जुर्मुराएको छ । पर्यटकको पर्खाइमा रहेको यहाँका होटलहरु शुक्रबारदेखि भरिएका थिए ।
नयाँ वर्षको अघिल्लो दिन शनिबार पर्यटकीय क्षेत्र सौराहाका होटलहरु आन्तरिक पर्यटकले भरिएको छ । अन्य दिनको तुलनामा शनिबार यहाँका होटलहरु भरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनुभयो । कोरोना, अािर्थक मन्दीको कारण सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षले राहत दिएको छ उहाले भन्नुभयो शनिबार मात्रै ७० प्रतिशत भन्दा धेरै भरिएको थियो ।
सास्कृतिक कार्यक्रम राखिएका थिए भने नयाँ वर्ष मनाउनको लागि परिवारसहित वस्न आउनेहरु धेरै भएको उहाले जानकारी दिनुभयो । यहाँका सवै होटलको कोठा बुक भएको हेर्दा ७० प्रतिशत भन्दा धेरै छ उहाले भन्नुभयो सौराहाको पव क्षेत्रमा हेर्दा सवै होटल भरिएका थिए । राप्ती नदी किनारका होटलहरुमा कोठा पाइएको थिएन । नयाँ वर्षको दिन परिवारसहित वस्न आएको नारायणगढका स्थानीय खोमकान्त रेग्मीले बताउनुभयो । अन्य दिन कामले व्यस्त भएपनि एक दिन परिवारसंग वस्नको लागि सौराहा रोजाइमा परेको हो उहाले भन्नुभयो नयाँ केही कार्यक्रम आयोजना गरे हामी जस्तालाई अझ आकर्शित हुने थियो ।


चितवन आएका पर्यटकको रोजाइ सौराहा भएपनि जिल्लाका पटिहानी, मेघौली लगायतको क्षेत्रका होटलपनि भरिएको पर्यटन व्यवसायीले बताएका छन् । पटिहानीको सोल्टी होटलका निर्देशन ऋषि न्यौपानेले भन्नुभयो हाम्रो होटल एक हप्ताको लागि पूर्व राजा ज्ञानेन्द्र र उहाँको परिवारले वुक गर्नु भएकाले अन्यलाई राख्न पाइएको छैन । नयाँ वर्ष मनाउन अन्य पर्यटक आउनको लागि खोज्नु भएको थियो तर दिन पाइएन । पटिहानीको सोल्टी होटल बाहेक यहाँका अन्य होटलहरु समेत भरिएका थिए ।
पटिहानी र मेघौलीका दर्जन भन्दा धेरै होटलहरु अहिलेको नयाँ वर्षमा भरिएको पश्चिम चितवन पर्यटकन व्यवसायीका अध्यक्ष सुवोध प्रधानले बताउनुभयो । पटिहानीदेखि मेघौलीसम्मको क्षेत्रमा रहेका होटलहरु सवै भरिएका थिए । लामो समयपछि यसरी पर्यटकको आकर्षण भएको पाइयो हामीलाई उत्साह भएको छ ।


सौराहाका होटल व्यवसायी महेश खनालले पर्यटक अझै भित्राउनको लागि होटल व्यवसायीले कार्यक्रमहरु आयोजना गरराख्नु पर्ने बताउनुभयो । एक हप्तादेखि आफ्नो होटल पार्क सफारी पर्यटकले भरिएको उहाले जानकारी दिनुभयो । सौराहामा आउने पर्यटक जंगल सफारीका लागि आउने गर्दछन् । यहाँ आउनेहरुको पहिलो रोजाइ जंगली जनावर हेर्ने भएकाले आएर वस्ने र जंगल जाने कार्यक्रम नै प्रमुख हुने गरेको छ ।
पर्यटकको आगमन कम भएको भन्दै चिन्ता गरेका पर्यटन व्यवसायीलाई नयाँ वर्षमा आएका पर्यटकले राहत महसुस भएको छ । चितवनमा कुनै कार्यक्रमको आयोजना गरेर सधै पर्यटक आउने वातावरण बनाउनु पर्ने पर्यटन क्षेत्रका विज्ञ विश्व सुवेदीले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट