‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

काठमाडौं १७ पुस । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ ।

काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ‘अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको’ बताए ।
पछिल्लो समय ‘नेपाल कम्युनिस्ट पार्टी ९एमाले०बाट नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकीकरण गर्नुपर्ने’ चर्चा सुरु भएपछि प्रवक्ता खतिवडाले त्यसको खण्डन गरेका हुन् ।

यद्यपि, एमाले र एकीकृत समाजवादीका शीर्षनेताबीच पछिल्लो समय भेटघाट तथा छलफल आन्तरिक रूपमा तीव्र भएपछि यस्तो हल्ला आएको हो ।

सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहससमेत सुरु भएको छ । कतिपयले ‘नेपाललाई राष्ट्रपति बनाएर भए पनि एमालेले पार्टी एकीकरण गर्नुपर्ने’ मत राख्दै आएका छन् । केहीले ‘नेपाललाई राष्ट्रपति बनाउनुहु“दैन’ भन्ने मतसमेत राख्दै विभिन्न कोणबाट बहस जारी राखेका छन् ।

‘पर्ख र हेर’को अवस्थामा रहेको एकीकृत समाजवादीको जारी स्थायी कमिटी र पोलिटब्युरो कमिटी बैठकबाट सरकारमा जाने कि नजाने निर्णय हुने

‘पार्टी अध्यक्षसँग औपचारिक र अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा र प्रस्ताव कसैले गरेका छैनन्, यो हल्ला मात्रै हो,’ प्रवक्ता खतिवडाले भने, ‘पार्टी विलय वा एकीकरण गर्नेतिर हामी लागेका छैनौं, पार्टी सुदृढीकरणमै हाम्रो ध्यान केन्द्रित छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ‘सहभागी हुने कि नहुने रु’ भन्ने’दयगत बैठकमा गम्भीर छलफल जारी रहेको उनले बताए । स्थायी कमिटी बैठक आज आइतबारसमेत बस्दै छ ।

स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीसमेत बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ । यी बैठकमा छलफल गर्दै पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा ‘सहभागी हुने कि नहुने रु’ भन्ने निर्णय गर्नेछ ।

एमाले, माओवादी केन्द्रसहितका नयाँ गठबन्धनको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादीलाई समेत सरकारमा ल्याउने गृहकार्यमा नेताहरू जुटेका छन् ।

सरकार निर्माण प्रक्रियामा सहभागी नभए पनि एमाले र माओवादी केन्द्रका नेताले एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउन आन्तरिक रूपमा निरन्तर छलफलमा छन् ।

एकीकृत समाजवादी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट पार्टी सरकारमा ‘सहभागी हुने कि नहुने रु’ भन्ने निर्णयमा पुग्ने बताए ।

‘स्थायी कमिटी बैठक सुरु भएको छ । आज आइतबार पनि बैठक बस्दै छ । त्यसपछि पोलिटब्युरो कमिटी बैठक बस्ने छ । अध्यक्ष र सम्मानित नेता कमरेडले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको छ,’ साहले भने, ‘अन्य कमरेडले समेत आफ्नो धारणा राख्ने क्रम जारी छ । सबैको सुझाव आइसकेपछि सोही आधारमा पार्टी सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय हुन्छ ।’

जसपा पनि छलफलमै

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले सरकारमा जाने की नजाने’दयगत राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले सोमबारदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेन्डा तय गरेको छ ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलसँग वार्ता गर्न समिति गठन एजेन्डा तय भएको छ ।

बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर, त्यस समितिलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता सुमनले बताए ।
राजधानी दैनिकबाट

शेयर गरौ

ताजा अपडेट