मन्त्री अधिकारी र अंगरक्षकको शव पहिचान, शव काठमाण्डौ ल्याईदै

चितवन समाचार डटकम
चितवन, १६ फागुन ।

ताप्लेजुङमा हिजो दिउसो हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रवीन्द्र अधिकारीसहितका सबैको शव अहिले काठमाण्डौ ल्याउने तयारी भएको छ ।
हिजो अवेरसम्म केहीको शव संकलन गरी सुकेटार विमान स्थलमा रािखएको थियो । आज बिहानपनि बाँकी शव संकलन गरेर विमानस्थलमा पु¥याइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी संजयसिंह थापाले चितवन समाचार डटकमलाई जानकारी दिनु भयो । ‘राति भएकाले हिजो सबै शब संकलन गर्न सकिएन आजपनि काम गरेर सबैको संकलन गरेका छौ ।’
थापाले भन्नु भयो ‘माननीय ज्यूको अनुहार जलेको छैन उहाँको पहिचान भएको छ, शरीरको अन्य भाग जलेपनि अनुहार नजलेकाले सजिलै पहिचान भयो ।’ थापाका अनुसार मन्त्री अधिकारी बाहेक नेपाली सेनाको शव पहिचान भएको छ । वुटको आधारमा शव पहिचान भएको हो । अन्य व्यक्तिको शव पहिचान गर्न कठिन भएको थापाले जानकारी दिनु भयो ।
अहिलेपनि मौसम खराब भएको कारण विमान स्थलमा हवाइ जाहाज आउन नसकेको कारण शवलाई काठमाण्डौ लैजान नसकिएको उहाले जानकारी दिनु भयो । हिजो भएको दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीको पीएसो अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।
प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यसअघि पनि २०६३ सालमा पनि वन तथा भू–संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको ज्यान जाने गरि ताप्लेजुङमै हवाई दुर्घटना भएको थियो ।

ताजा अपडेट