पर्यटन मन्त्री अधिकारी सहित चारजनाकाे शव सुकेटार बिमानस्थल ल्याइयाे, निरन्तर हिमपात र रात परेकाले थप शव ल्याउन कठिनाई

चितवन समाचारडटकम, १५ फागुन ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित चारजनाकाे शव सदरमुकामस्थित सुकेटार विमानस्थल ल्याइएको छ ।
अन्यकाे शव निरन्तरकाे हिमपात, रातकाे समय भएकाले अहिले ल्याउन नसकिएकाेे जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले चितवन समाचार डटकम लाई जानकारी दियाे । मन्त्री अधिकारीकाे शव पहिचान भएपनि अरुकाे चिनिने अवस्थामा नरहेकाे प्रहरीले जानकारि दिएकाे छ ।
माैसमका कारण एकपटक मात्रै हेलिकप्टरले शव ताप्लेजुङको सदरमुकाम स्थित विमानस्थलमा ल्याउन सकेकाे हाे । प्रहरीका अनुसार घटनास्थल अहिले हिमपात भैरहेकाे छ । डिएसपी सन्जयसिङ थापाकाे कमाण्डमा २२ जना जनपथ, शसस्त्र र सेनाकाे टाेलि घटनास्थलमै छ । अरु शवलाई भाेलि मात्रै सदरमुकाम ल्याउन सकिने प्रहरीले जनाएको छ

तर, दुर्घटनास्थल खप्टेढुङ्गा विकट रहेको र मौसम समेत प्रतिकूल रहेका कारण शव काठमाडौं ल्याउन कठिन रहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको सब संकलन भइसकेकाे छ ।

मौसम प्रतिकूलताका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाए पनि थप अनुसन्धान अगाडि बढिरहेको जनाइएको छ । पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्रयाक रेकर्डबाट देखिएको जानकारी दिएका छन् ।

‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए ।

तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताएका छन् । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् । हेलिकोप्टर ११ः४५ मा पाथीभरा पुगेको थियो । हेलिकोप्टरमा सवार सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए । ( तस्वीर नयाँ पेज डटकमबाट )

ताजा अपडेट