भरतपुर विमानस्थलको आन्तरिक व्यवस्थापनमा सुधार

"मापदण्ड विपरित भवन संरचना निर्माणमा कडाइ"

 

चितवन, ३ पुस । भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार ल्याएको छ ।
विमान स्थल प्रयोग गर्ने यात्रुलाई सेवासुविधा दिनको लागि आन्तरिक व्यवस्थापनलाई व्यवस्थित पारेको भरतपुर नागरिक उड्यन कार्यालयले जानकारी दिएको छ । विमानस्थल प्रवेश गर्ने स्थानदेखि कार्यालय भित्रसम्मको व्यवस्थापनमा विशेष निगरानी सकितको सुविधा दिएको भरतपुर नागरिक उड्यन कार्यालयका प्रमुख दीपक विकले जानकारी दिनुभयो ।


कार्यालय प्रवेश गर्ने स्थानमा आकर्षक ढुङ्गाबाट निर्माण गरिएको धारा, वगैंचा, यात्रु प्रतिक्षालयको व्यवस्थापन, सरसफाइ सहितको सुन्दरताको लागि आवश्यक व्यवस्थापन गरिएको उहाले बताउनुभयो । मुख्य भवन भित्र विरामीको लागि अलग्गै कक्ष निर्माण गरिएको छ भने बच्चाको लागि स्थनपान कक्ष, विशिष्ठ व्यक्तिहरुसंग अन्तरक्रिया गर्न पत्रकार सम्मेलन हल, विशिष्ठ व्यक्तिका लागि आकर्षक कक्ष, विमान स्थलको रनवेको सुरक्षाको लागि सरसफाइ र फेन्सिङ व्यवस्थापन गरिएको प्रमुख विकले जानकारी दिनुभयो ।
विमान स्थलमा आएका यात्रुलाई चितवनको पर्यटकीय क्षेत्र तथा यहाँको ऐतिहासिक तथा महत्वपूर्ण स्थलहरुको जानकारी दिने वृतचित्रको व्यवस्था छिट्टै गरिने उहाले बताउनुभयो । विमानस्थल प्रयोग गरेर जानेहरुले यहाँ राखिएका भिडियो सामग्रीबाट चितवन जिल्लाको विशेषता र यहाँको पर्यटकीय स्थलको जानकारी पाउन सक्ने गरी व्यवस्था मिलाइने बताउनुभयो ।


विमान स्थलको सुरन्दरता र सुरक्षाको लागि थप व्यवस्था मिलाइएको प्रमुख विकले बताउनुभयो । विमान स्थल वरीपरी मापदण्ड विपरितका भवनहरु कनुन अनुसार हटाउने र व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता तयारी रहेको उहाँले बताउनुभयो । तोकिएको मापदण्ड विपरित  भवन निर्माण गर्न नदिने गरी भरतपुर महानगरपालिकालाई जानकारी गराइएको उहाले जानकारी दिनुभयो । नक्सा पास गराउदा तोकिएको मापदण्डमा रहेर र विमान स्थलले तोकेको नियमलाई ध्यानमा राखेर मात्र काम गर्नको लागि नागरिक उड्यन कार्यालयको नियम महानगरपालिकालाई जानकारी गराइएको उहाले बताउनुभयो । जिल्लाको मेघौली विमान स्थलको प्रभावित स्थान भित्र १५ मिटर भन्दा अग्ला संरचना निर्माण गर्न नपाइने गरी नागरिक उड्यन कार्यालयबाट पत्रचार भएको जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट