दुई वटा गैंडा मृत अवस्थामा फेला

चितवन, २९ मंङ्सिर, । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।
मृत गैंडाको खाग नपलाएको अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्र विहीबार विहान एक पोथी गैंडा मृत फेला परेको छ । मृत गैंडा १५ वर्ष उमेरको भएको निकुञ्जले जनाएको छ ।

 

शेयर गरौ

ताजा अपडेट