हेलिकप्टर दुर्घटना ः पर्यटन मन्त्री अधिकारीसहित सातैजनाको मृत्यु

 

काठमाडौं, १५ फागुन । ताप्लेजुङको खप्टेढुङ्गमा आज दिउसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको मृत्यु भएको छ ।
हेलिकोप्टर दुर्घटनामा परेकामध्ये छ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र अर्का एक जना सवार थिए ।
दुर्घटनास्थलमा ६ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका थिए । शवको पहिचान हुन बाँकी छ । थप विवरण आउन बाँकी छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सात जनाकै निधन भएको हो ।
‘घटनास्थलमा सबै सात जनाको शव भेटिएको छ’, उहाले भन्नु भयो, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलोकन सकेपछि ताप्लेजुङ पुगेका थिए ।

शेयर गरौ

ताजा अपडेट