पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटना, घटनाबारे प्रहरीमा प्राप्त यस्तो छ ताजा विवरण

.
चितवन समाचार डटकम
चितवन १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको सिस्ने खोलाको भिरमा दुर्घटना भएको छ ।
आज विहान ११ बजे दुर्घटना भएको स्थलमा प्रहरीको टोली जादै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नंं. १० सिस्ने खोलाको तारेभिरमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटना स्थल ज्यादै कठिन स्थानमा भएको कारण विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । घटना भएको थाहा पाउने वितिकै प्रहरीको टोली उद्धारको लागि हिडेको छ । घटना स्थल जिल्ला सदरमुकामबाट पैदल ४ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
ताप्लेजुङ प्रहरी कन्ट्रोलको भनाइ जस्ताको जस्तै
हेलिकप्टर दुर्घटना भएको छ । विहान ११ बजेको समयमा दुर्घटना भएको हामीले केही समय अगाडि थाहा पायौ । जानकारी पाउने वितिकै प्रहरीको टोली त्यस तर्फ प्रस्तान गरेको छ । घटना स्थल ज्यादै विकट भएकाले विवरण आउन समय लाग्छ । घास काट्न आउनेले देखेर भनेपछि हामीले थाहा पाएका हौ । घटना स्थल हिउँ परिराखेकाले जान कठिन भएको छ । हेलिकप्टरमा के कती सवार थिए जानकारी छैन ।

शेयर गरौ

ताजा अपडेट