भरतपुरको दुइ स्थानमा कुकर वम फेला

 

चितवन, ३ मङ्सिर । भरतपुर महानगरपालिकाको दुइ स्थानमा वम लेखिएको शंकास्पद वस्तु फेला परेको छ ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आतंकित पार्ने गरी दुइ स्थानमा राखिएको वमलाई सुरक्षाकर्मीले निस्कृय पारेको छ । पूर्व पश्चिम राजमार्गको आश्था चोक र वाइपास रोडको आँखा अस्पताल अगाडि कुकर वम राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
राति १२ बजे राखिएको शंकास्पद वस्तुलाई वम डिष्पोजल टोलीले निष्कृय पारेको उहाले बताउनुभयो । वन्द कुकुरमा खतरा लेखिएर विद्युतीय स्वीच समेत जडान गरी राखिएको अवस्थामा फेला परेको उहाले जानकारी दिनुभयो । निर्वाचनलाई लक्षित गरी राखिएको वमलाई निष्कृय पारेपनि अवस्था सामान्य भएको उहाले जानकारी दिनुभयो । जिल्लामा यस्ता शंकास्पद गतिविधि गर्न नदिनको लागि शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट