भरतपुर महानगरले नारायणगढमा जोड्यो ट्राफिक लाईट

चितवन समाचारडटकम, १४ फागुन ।
भरतपुर महानगरपालिकाले नारायणगढको शहीदचोकमा ट्राफिक लाईट जडान गरेको छ । सवारी साधन र सर्बसाधरणको बाक्लो आवागमन हुने नारायणगढको शहिदचोकमा ट्राफिक लाईट जडान गरिएको हो । गाडीलाई आवातजावातको संकेत लाईट र पैदलयात्रुलाई बाटो काट्ने संकेत लाईट जोडिएको छ ।
जिल्लामै पहिलो पटक जोडिएको यो ट्राफिक लाईट परिक्षण प्रयोगका रुपमा जडान गरिएको महानगरपालिकाका ईन्जीनियर बिराट घिमीरेले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो । यस्को कुल लागत २५ लाख रुपैयाँ छ । नीजी साझेदारी अवधारणमा यार्शा टेक्नोलोजी काठमाण्डौले २० लाख र भरतपुर महानगरपालिकाले ५ लाख रुपैयाँ बेहोरेको छ । लगानी गरेबापत यार्शा टेक्नोलोजीले विज्ञापन वोर्ड राख्नेछ । शहिदचोकको प्रभावकारीता हेरेर पुल्चोक, चौविसकोठी, र हाकिमचोकमा छिट्टै लाईट राख्ने महानगरपालिकाले जनाएको छ ।
ट्राफिक लाईट राखेपछि धेरै सहजता आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । यस्ले शहरको सौन्दर्यता बढाउने, ट्राफिक ब्यबस्थापनमा सहजता दिने र जनशक्ति लाई अरु काममा लगाउन सकिने गौतमले बताउनुभयो ।

ताजा अपडेट