चितवन समाचार डटकम, १४ फागुन ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४० औं बैठक स्वीटरजरल्याण्डको जेनेभा स्थित राष्ट्रसंघीय मुख्यालयमा शुरु भएको छ ।
बैठकमा नेपाल सहित राष्ट्रसंघ सदस्य मुलुकहरु, अन्तराष्ट्रिय मानवधिकारका क्षेत्रमा क्रियाशील ब्यक्ती तथा संघसंस्थाको सहभागीता रहेको जनाइएको छ । सहभागीहरुले आफ्नो देशमा मानवअधिकार र कानुनका क्षेत्रमा भएका प्रगती र बर्तमान परिस्थीतिका सन्दर्भमा विश्व समुदायलाई जानकारी गराइरहेका छन् ।
नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकमा भोली संबोधन गर्नुहुनेछ । बैठकमा नेपालका तर्फबाट परराष्ट मन्त्री ज्ञवाली संगैं संघीय संसदका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल पनि सहभागी हुनुहुन्छ ।
सरकारका केही उच्च पदस्थ अधिकारीहरु पनि छन् । परिषद बैठक फेव्रुअरी २७ तारिख सम्म चल्नेछ ।
बैठकमा नेपालका तर्फबाट नयाँ संबिधान लागु भैसकेपछि कानुन निर्माण र यसको कार्यान्वयनमा भएको प्रगतीवारे विवरण प्रस्तुत गरिने कानुन न्याय तथा मानवअधिकार समितिका सभापति पोखरेलले जानकारी दिनुभयो ।
संबिधान प्रद्धत्त मौलिकहरुलाई कार्यान्वयन गर्न अशोज २ गते संसदवाट १६ वटा कानुनहरु निर्माण भई पारित भैसकेको र यसले मानअधिकारका आधारभुत मान्यतालाई स्थापित गरेको वारे नेपालका तर्फबाट परिषद बैठकमा प्रकाश पारिने पोखरेलले बताउनुभयो ।
नयाँ कानुनले नेपाली जनताको स्वास्थ्य, शिक्षा, रोजगार, आवास, खाद्य जस्ता अधिकारलाई सुनिश्चित गरेको सभापति पोखरेलले बताउनुभयो ।