चितवन, २५ असोज । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विकासका पूर्वाधार निर्माणले नै जनताको आर्थिक समृद्धि गर्ने बताउनु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा जान आउनु भएका पाण्डेसंग मंगलबार भरतपुर विमान स्थलमा पत्रकार अन्तरक्रियामा बोल्दै विकासको पूर्वाधारले मात्रै रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो । लोथरदेखि सौराहासम्म राप्ती नदी किनारमा निर्माण हुदै गरेको आरसीसी ड्याम, भण्डारा मलेखु सडक, सौराहाको सभाहल निर्माण, शक्तिखोर जोगीमारा सडक निर्माणले रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो ।
सरकारले सवै जनतालाई रोजगारी दिन सक्दैन तर विकास निर्माणका पूर्वाधार निर्माण गरेपछि त्यहाँ रोजगारी सिर्जना हुन्छ । विकासले अवसरको बाटो खुल्ने भएकाले स्वयम व्यक्ति स्वरोजगार हुने बताउनुभयो । जनताको प्रतिनिधिले व्यक्तिको घरमा होइन विकासका पूर्वाधार निर्माण गरेर त्यसैको कारण स्वरोजगार गराउन सक्ने छ । सडक, पुल, खानेपानी , विद्यालय निर्माणसंगै त्यहाँ रोजगारीको सिर्जना गर्न सकिने हुन्छ ।
उद्योग धन्दा खुल्ने वातावरण भएमा त्यसमा रोजगारीको अवसर हुने भएकाले नेपालमा ठुला कलकारखाना र उद्योग सञ्चालन गर्ने वातावरण हामीले निर्माण गर्नु पर्ने बताउनुभयो । रोजगारीको लागि विदेश जाने युवालाई नेपालमा बस्ने वातावरण बनाउन यहाँनै अवसरको सिर्जना गर्न सक्ने प्रतिनिधि जनताले चुन्नु पर्ने उहाले बताउनुभयो ।
चितवनबाट राजधानी काठमाण्डौ जोड्न पूर्वी चितवनको शक्तिखोर फिसलिङ कृषि सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । भण्डारा मलेखु सडकमा कालोपत्रे कार्य भइराखेको छ भने यही सडकमा सुरुङ मार्ग निर्माणको लागि ठेक्का सम्झौता समेत भएको छ । राजधानी जोड्ने यस्ता सडकले ग्रामिण क्षेत्रका स्थानीयको उत्पादन बजार लैजान, ल्याउन र सडकले रोजगारीको सिर्जना गर्र्ने उहाले बताउनुभयो ।
निर्वाचनबाट विजय हुनु अघि र अहिलेको पूर्वी चितवनको विकासलाई हेर्नेहो भने आकास जमिनको फरक पाउन सक्छौ उहाले भन्नुभयो । ग्रावेल सडकको माग गर्ने जनता अहिले कालेपत्रे हुनु पर्छ भन्न थाल्नु भएको छ । गाउगाउमा कालोपत्रे पुगेको छ । पहाडमा गोरेटो बाटो नभएको स्थानमा कालेपत्रे निर्माणपछि यातायता चल्न थालेको पाण्डेले बताउनुभयो । सडक सञ्जाल निर्माणले यहाँको जनतामा आर्थिक समृद्धिका बाटाहरु खुलेको उहाँको भनाइ छ । अबको निर्वाचनपछि आफू विजयी भएमा यस क्षेत्रको मात्र नभइ देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने प्रष्ट योजनाका साथ चुनावमा होमिएको नेता पाण्डेले बताउनुभयो । नेता पाण्डे निर्वाचित भएपछि यस क्षेत्रमा विकासका पूर्वाधारहरु सयौ निर्माण भएका छन् ।
आमाको किरियाकर्म गर्नु परेकाले नेता पाण्डे निर्वाचनको उमेदवारी दर्तामा उपस्थित हुनु भएको थिएन । काजक्रिया सकेपछि पाण्डे काठमाण्डौबाट गृह जिल्ला आउनुु भएको हो ।