काठमाडौं ९ असोज । दशैंका लागि दार्चुलामा चार सय क्विन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ ।
टिङ्करमा १६० र छाङरुमा २४० क्विटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।
कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिङ्कर र छाङरुसम्म हेलिकप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य शिलबन्दी पेस गर्न भनिएको छ ।
स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । दशैैं अघि नै खाद्यान्न ढुवानी गरिने जनाइएको छ ।