चारवटा नयाँ जातको मकै सिफारिस

 

चितवन, १० भदौ । राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुरले चारवटा नयाँ जातको मकै सिफारिस गरेको छ ।
धानपछि नेपालमा महत्वपूर्ण वालीका रुपमा रहेको मकैको नयाँ जातहरु सिफारिस गरेको हो । चार मध्य तीनवटा वर्णशंकर मकैको जातहरु रामपुर हाइब्रिड (वर्णशंकर) १२, १४ , १६ र १ खुल्ला सेचित मकैको जात मनकामना ९ रहेको छ । वर्णशंकर मकै रामपुर १२, १४ र १६ सन् २०२२ यसै वर्ष सिफारिस गरेको छ । खुला मनकामना ९ भने गत वर्ष सन् २०२१ मा सिफारिस गरेको हो ।
नयाँ जातहरु मध्य खुला सेचित मकै मनकामना ९ लगाएको १३२ दिनमा पाक्नेछ । प्रतिहेक्टर ५.४४ मेट्रिक्टन उत्पादन रहेको छ । यो मकै सामुन्द्रिक सतहदेखि ८०० मिटर देखि १६०० मिटर उचाईसम्मका मध्ये पहाडी क्षेत्रको लागि उपयुक्त हुने राष्ट्रिय मकै बाली अनुसन्धान कार्यकम रामपुरका प्रमुख चित्रबहादुर कुवरले जानकारी दिनुभयो ।
यस वर्ष सन् २०२२ मा सिफारिस गरेको तीन वटा मकैको जातहरुमा रामपुर हाइव्रिड १२, १४ र १६ रहेको छ । सिफारिस रामपुर १२ मकैको उत्पादन प्रतिहेक्टर ९.४४ मेट्रिक्टन रहेको छ । यो तराइ र भित्री मधेसमा लगाउन सकिन्छ । त्यस्तै गरी रामपुर हाइव्रिड १४ को उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक्टन रहेको छ । यो मकै तराइ भित्री मधेस र मध्य पहाडमा लगाउन सकिने मकै वाली अनुसान्धान कार्यक्रम रामपुरका प्रमुख कुवरले जानकारी दिनुभयो ।
त्यस्तै गरी रामपुर हाइव्रिड १६ मकैको उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक्टन रहेको छ । यसलाई पनि तराई, भित्री मधेस तथा मध्य पहाडी क्षेत्रमा लगाउन सकिने छ । सन् २०१८ मा सिफारिस रामपुर हाइव्रिड १० तराई र भित्री मधेसमा हिउँदे सिजनको समयमा लगाउन मिल्ने राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर वरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारीले जानकारी दिनुभयो । यो जातको मकैको उत्पादन प्रतिहेक्टर ८.०५ मेट्रिक्टन रहेको छ । यस अगाडि मकै वाली अनुसन्धान कार्यक्रम रामपुरले गौरव हाइव्रिड सन् २००३ मा सिफारिस गरेको थियो । यसको उत्पादन ८.१ प्रतिहेक्टर मेट्रिक्टन रहेको थियो । त्यस्तै गरी रामपुर हाइव्रिड २ सन् २०१२, रामपुर हाइव्रिड ४ सन् २०१६, रामपुर हाइब्रिड ६ सन् २०१६, रामपुर हाइब्रिड–८ सन् २०१८ मा सिफारिस गरेको थियो । रामपुर ४ र ६ भित्री मधेस र तराइको हिउदे सिजन ७०० मिटरसम्म लागि सिफासि गरेको थियो । यस जातहरुको क्रमस उत्पादन प्रतिहेक्टर ६.९५ र ६.८ रहेको छ ।
त्यस्तै गरी रामपुर हाइव्रिड ८ सन् २०१८ मा सिफारिस गरेको थियो । यसको उत्पादन प्रतिहेक्टर ७.५६ मेट्रिक्टन रहेको छ । यो जात सामुन्द्रिक सतहदेखि ७०० मिटर उचाइसम्मका तराई ,भित्री मदेशमा हिउदे सिजनको लागि सिफारिस गरिएको थियो ।
राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने नयाँ जातको मकैको बीउ नेपालको माग अनुसार पु¥याउन सकेको छैन । नेपाली उत्पादन वीउले माग धान्न नसकेपछि भारतबाट आउने हाइव्रिड बीउले बजार ओगटेको छ । चितवनमा खुला सेचित मकै रामपुर कम्पोजिट जातको बढी लगाउदै आएको छ । यो वि.सं. २०३२ सालदेखि लगाइदै आएको हो । यो मकै ११० देखि ११५ दिनमा पाक्ने गरेको छ । यो जातको मकै तराई भित्री मदेश र पहाड लागि सिफारिस गरिएको थियो । छोटो समयमा पाक्ने मकैको रुपमा अरुण–२ ,४ ,६ जातहरुलाई लगाउने गरिएको छ ।
विकसित देशहरुमा नाटकीय रुपमा मकैको उत्पादकत्वमा परिवर्तन ल्याएको प्रविधि नै हाइव्रिड प्रविधि हो । विकाससिल राष्ट्रहरुमा कृषकहरुको बढ्दो आकर्षण पाइएको छ । हाल नेपालको मकै खेतीगर्ने कूल क्षेत्रफल मध्य करिब १८ प्रतिशत क्षेत्रफल हाइव्रिड मकैले ओगटेको अनुमान गरिएको छ । विदेशबाट आयात गरिने हाइव्रिड बीउ प्रतिस्थापन गर्न स्वदेश मै विकास गरिएका हाइव्रिडहरुको बीउ उत्पादन गर्न आवश्यक भएको राष्ट्रिय मकै वाली कार्यक्रम रामपुर चितवनले जनाएको छ ।
कार्यालयका अनुसार बहुराष्ट्रिय कम्पनीका विकसित हाइव्रिड ५० भन्दा माथि मकैका जातहरु नेपालको लागि हालसम्मको सुचिकृत गरिएको छ । नेपालले लामो समयसम्म अनुसन्धानबाट हाइव्रिड मकै विकास गरिएको भएता पनि रामपुर हाइव्रिड १० विकासपछि मकैको उत्पादकत्व बढेको छ । गौरब हाइव्रिड मकै २०६१ सालमा विकास गरिएको थियो । नेपालको पहिलो हाइव्रिड पनि हो । तर किसानको खेत बारीसम्म पुग्न सकेन राम्रो भाले र पोथीको मिलन हुन समय नमिल्ने हुदा राम्रो उत्पादन गर्न नसकेको कार्यालयले जनाएको छ । अहिले रामपुर हाइव्रिड १२, १४, १६ विकास गरेको र किसान खेतबारी पुग्दै गरेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत (वाली प्रजनन्कर्ता) मनोज कडेलले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट