सौराहामा एकहजार जना अट्ने सभाहल निर्माणको अन्तिम चरणमा

 

चितवन, २५ साउन । चितवनको पर्यटकीय नगरी सौराहामा एकहजार जना अट्ने सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
संघ सरकारको लगानीमा तीन वर्ष अगाडिबाट निर्माण थालेको सभाहलको प्रगती ७५ प्रतिशत पुगको हो । पूर्वी चितवनमा ठुलो सुविधा सम्पन्न हलको अभाव भएकाले पर्यटकीय नगरी सौराहामा निर्माण कार्य थालेको थियो । ३५ करोड २२ लाख ७० हजार ८१४ रुपियाँको लागतमा निर्माण भइराखेको हलको अहिले फिनिसिङको काम भइराखेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका इन्जिनियर आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले छाना छाउने, रंगरोकन गर्ने, लाइटिङको काम भइराखेको छ उहाले भन्नुभयो ‘हल भित्रका सजावटका काम भइराखेको छ ।’ एकहजार जना सजिलै अट्न सक्ने गरी निर्माण गरिएको सभाहल आधुनिक उपकरण जडान गरिने छ । २०७६ बैशाख २२ गते सम्झौता भएको हल निर्माण कार्य २०७९ वैशाख ४ गते सम्पन्न गर्नु पर्ने थियो । सम्झौता भएपनि जग्गाको विवादका कारण पाँच महिना पछि मात्र काम थालनी भएको थियो । कोभिड र निर्माण नै ढिला भएकाले म्याद थप गरिएको कार्यालयले जानकारी दिएको छ । थप गरेको मिति अनुसार आउदो २०८० वैशाखमा निर्माण सम्पन्न गर्नु पर्ने हुन्छ । रेलिगल कन्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाएको थियो ।
सौराहामा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलको अगाडिको भाग आकर्शक गैंडाको आकृति रहने भएको छ । हल निर्माण सुरु हुदादेखिनै हलको अगाडिको भागमा संरक्षित जनावर गैंडाको मुर्ती निर्माण गरिने योजना रहेको थियो । अहिले आकर्षक मुर्ती निर्माण गर्ने मुर्तीकारको खोजीमा रहेको आयोजनाले जानकारी दिएको छ । गैंडाको मुर्तीबाटै भित्र जान मिल्ने गरी ठुलो आकारको निर्माण गर्ने भएकाले खोजी भइराखेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।
ठुलो सभाहल संगै अन्य तीनवटा मिटिङ हल पनि निर्माण हुनेछ । राष्ट्रिय, अन्तरराष्ट्रिय कार्यक्रम हुने भएपनि सौराहामा व्यवस्थित हलको अभाव हुदै आएको थियो । हल निर्माणपछि सौराहामा पर्यटकीय गतिविधि वृद्धि हुनेमा पर्यटन व्यवसायी विश्वस्त रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले जानकारी दिनुभयो । यहाँका होटलहरुमा साना सभाहलहरु भएपनि ठुलो कार्यक्रम गर्ने गरी निर्माण नभएकाले अहिले वन्दै गरेको संरचनाले पर्यटन क्षेत्रमा ठुलो भूमिका खेल्ने छ उहाले भन्नुभयो ।
पर्यटकीय क्षेत्र भनेर प्रचार गरेर मात्र हुदैन यहाँ आएर कार्यक्रम गर्नको लागि सम्मेलन केन्द्रको पनि आवश्यकता पर्दछ यसै क्षेत्रका सांसद सुरेन्द्र पाण्डेले भन्नुभयो । ‘विदेशी पर्यटकलाई आकर्शित बनाउनको लागि सुविधा दिन सक्नु पर्छ ’ उहाले भन्नुभयो ‘सभाहल निर्माणपछि ठुला कार्यक्रम आयोजना भएमा यहीको पर्यटकीय क्षेत्रको विकास हुन्छ । ’ एक महानगपालिका, पाँच नगरपालिका र एक गाउपालिका रहेको चितवनमा सुविधा सम्पन्न सम्मेलन केन्द्र एउटापनि निर्माण भएका छैनन् । पाण्डेको पहलमा सभाहल निर्माण कार्य भएको हो । उहाँकै पहलमा सौराहा लोथर आरसीसी ड्याक निर्माण कार्य समेत सुरु भएको छ । सौराहामा निर्माण हुदै गरेको सभाहल र भरतपुरमा निर्माणधिन सिटी हल मात्रै रहेको छ ।
चितवनमा आयोजना हुने राजनीतिक दलका सम्मेलन, सामाजिक संघ सस्थाले आयोजना गर्ने सम्मेलन तथा सेमिनारहरु होटलका साघुरा हलमा आयोजना हुने गरेको छ । सरकारी तहबाट सम्मेलन केन्द्र निर्माण भएमा चितवनमा पर्यटकीय गतिविधि वृद्धि हुने व्यवसायीले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट