काठमाडौं , २२ साउन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । आइतबार काठमाडौंमा भएका एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।
उनले उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिती नभएको बताए । मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आईसीयूमा हाल्न नहुने बताए ।
उनले फेरि भने, राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, घरजग्गा कारोबारमा भएको वृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो । हामीले सबै बुद्धिजीविहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो । भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सिमति राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए ।
रासस