नारायणगढमा सनातन हिन्दु धर्मको प्रचार गर्दै बिदेशी नागरिक, नेपालीलाई भागवत गीतावारे बुझाउदै

चितवन समाचारडटकम, १३ फागुन ।

नारायणगढको ब्यस्त क्षेत्र शहीदचोकमा आईतवार साँझ अचम्मको दृष्य देखियो ।

एउटा समुह कृष्ण भजन गाँउदै, नाच्दै र हातहातमा भागवत गीता बोकेर सर्वसाधरणलाई बिक्रि वितरण गर्दै हिडिरहेको थियो । समुहमा नेपाली समुदाय मात्रै होईन युरोप, अमेरिका र एसियाका बिभिन्न मुलुकका नागरिक पनि थिए ।

गोरो छाला, खैरो कपाल भएकाहरुले अङ्ग्रेजी भाषामा सर्वसाधरणलाई भागवत गीतावारे बताउदैं बिक्रि वितरण गरिरहेको दृष्यले स्थानीयको ध्यान खिचेको थियो । ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ यही भजन गाँउदै सडक पेटीमा नाच्दै उनीहरु हिडिरहेका थिए ।
हिन्दु सनातन धर्मको प्रचारप्रसारका लागी युरोप, अमेरिका र एसीयाका बिभिन्न मुलुकबाट ३० जनाको टोली चितवनको नारायणगढ आइपुगेको छ ।

टोलीकी एकजना सदस्य युक्रेनकी नागरिक एड्रियनाले हातमा भागवत पुस्तक लिएर सर्वसाधरणलाई यसको महत्ववारे बताउदै थिईन् । उनी अङ्ग्रेजी भाषामा बोलिरहेकी थिईन । ‘यो पुस्तक ज्ञान नै ज्ञानको भण्डार हो, सनातन हिन्दु धर्म सर्वोत्कृष्ट धर्म हो यसमा ज्ञान र खुसी मात्रै प्राप्त हुन्छ’ एड्रियनाले भनिन् । पेशाले नर्श हुन् उनी । सारी चोलो, तुलसीको माला, चन्दनको टिका लगाएर भागवत गीताको प्रचार गर्दै हिडेकी उनी सनातन हिन्दु धर्मनै संसारकै बैज्ञानिक धर्म ठान्छिन् । गीता देखाउदैं उनले भनिन् ‘यो सर्बोत्कृष्ट ज्ञान हो ।’

अन्तराष्ट्रिय कृष्णभावना अमृत संघ नारायणगढको निमन्त्रणमा उनीहरु सनातन धर्म सम्वन्धि साँस्कृतिक झाकीँ र भजन प्रस्तुत गर्न यहाँ आएको संघका कोषाध्यक्ष शोभाखर अधिकारीले जानकारी दिनुभयो ।

टोलीमा युक्रेनबाट आठ जना, रसीयावाट ५ जना, ताजकिस्तानवाट २ जना, तुर्केमिनिस्तानबाट एकजना, अमेरिकावाट एकजना, बेलायबाट एकजना र अन्य भारतबाट छन् ।
भरतपुरको क्यान्सर अस्पतालको अडीटेरियम हलमा सोमवार अपरान्ह उनीहरुले भजन किर्तन, नाटक सहितको साँस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट