चितवन समाचार डटकम
रौतहट १३ फागुन । ‘भगवान आए घर बनाइदिए, हाम्रो जीवननै फेरिएको छ, ज्यान मरेर गएपनि हामीले विर्सने छैनौ’ चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरका सुथरी माझीले भन्नु भयो ।
दुःखको पोखरीमा डुवेका थियौ एक्कासी आएर हाम्रो उद्धार गरे । हामीले सपनामा पनि सोचेका थिएनौ यस्तो राम्रो घरमा वस्न पाउछौ भन्ने उहाले भन्नु भयो । धुर्मुस सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा एकीकृत नमुना वस्तीमा वस्ने मुसहरहरुले जीवन शैली नै फेरिएको अनुभव गरेका छन् ।
खरको छानो भएको सामान्य खडाइले वारेको घरमा वस्दै आएका अति विपन्न वर्गका मुसहरहरु पक्की सुविधा युक्त घरमा बस्न पाएपछि खुसी मात्र छैनन् । भोलीका दिनमा कमाएको पैसा बचत गरेर बालबालिकालाई पढाउनु पर्छ भन्न थालेका छन् । पहिला कमाएको पैसाले एक छाक खाएर वस्ने गरेका थियौ उहाले भन्नु भयो बचत गरेर घर वनाउनु पर्छ भन्ने लागेको थियो ।
अहिले सुखी साथ बसेका छौ । पहिला पाहुना आएमा बस्ने ठाउँ हुदैन थियो कसरी रात कटाउने भन्ने चिन्ता लाग्ने गरेको थियो उहाले भन्नु भयो ‘पानीले डुवान परेपछि अरुको घरमा बास बस्न जानु परेको थियो ।’ सामान्य पानी पर्दा समेत घर भित्र पानी पसेर लत्ता कपडा भिज्ने समस्या थियो । हाम्रा लागि धुर्मुस सुन्तली भगवान हुन् । उनीहरुको फोटो राखेर हामीले पुजा गरेका छौ । हाम्रो दुःख हटाएपछि हामीले भगवान मानेका हौ । कपडा दिएका छन्, खाने पकाउने भाडा दिएका छन्, ओड्नको लागि सिरक छ । सुत्नको लागि खाट दिनु भएको छ ।
मरेपनि हामीले विर्सदैनौ अर्का अन्जित माझीले भन्नु भयो ‘हामी सवैले फोटो राखेका छौ, आफ्नै खर्चमा फोटो खिचाएर राखेका छौ पुजा गर्छौ ।’ आमा वुवाले पनि गर्न नसकेको काम उनीहरुले गरेका छन् । उहाले भन्नु भयो ‘कति नेता छन् उनीहरुले केही गर्न सकेका छैनन्, धुर्मुसले गरेर देखाए ।’ नेताहरु भोट माग्न आउने तर हाम्रो घरवासको विषयमा केही नगर्ने । नेता भन्दा हाम्रा लागि धुर्मुस सुन्तली भगवान हुन् । हाम्रो जिल्लाको नभइ टाढाको धुर्मस आएर हाम्रो वस्ती बनाए उहालाई धेरै धन्यवाद । उहाले भन्नु भयो ‘साँझ बिहान राति खटेर काम गरेका थिए, हाम्रो लागि यती धेरै सहयोग गर्नेलाई हामीले कसरी बिर्सन्छौ ।’ उनीहरुसंगै हामी पनि मिलेर काम गरेका थियौ ।
५३ वर्षीय जोगिन्धरले माझीले भने ‘चुलो, टेबुल सवै दिएका छन्, यती सामान जुटाउन हाम्रो लागि वर्षाै लाग्ने थियो ।’ ग्यासबाट खाना पकाउन पाउने व्यवस्था छ उहाले भन्नु भयो यो हामीले सपनामा पनि सोचेका थिएनौ । सात जनाको परिवार सख्या भएका उहाले भन्नुभयो विहान वेलुका खानलाई नै समस्या हुने हाम्रो लागि यो घर सपनाको महल हो । दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसाले जीवन गुजारा गर्दै आएका थियौ उहाले भन्नु भयो अव घर बनाउन पर्दैन कमाएको पैसा बचत गरेर केही गर्ने योजना वनाएका छौ ।
झुपडीमा वस्ने हामीलाई अब बाढीको चिन्ता छैन । विगतलाइ सम्झदै भन्नु भयो ‘वाढीले घर भत्काएको, कतिको भाडा बगाएको थियो, पकाउने भाडा नहुदा मागेर ल्याउने गरेका थियौ ।’ त्यही भएको भाडा पनि चोरी हुने समस्या थियो, अहिले धेरै राम्रो छ । वस्नको लागि राम्रो सुविधा छ । पानीको निकास, बिजुली बत्ती, खानेपानी, सुरक्षा सवै व्यवस्थाले गर्दा हामीलाई स्वर्गको अनुभुती भइराखेको छ ५३ वर्षीय जोगिन्धरले भन्नुभयो । ज्याला मजदुरी गर्न चितवन, भण्डारा, पर्सा, हेटौडा जाने गरेका उहाको झुपडी घर थियो । घरमा समस्या थियो । सुरक्षा थिएन । अहिले घर राम्रो छ । चिन्ता छैन । बालबालिका पढाउन समस्या छैन वस्तीमा नै विद्यालय छ । यस्तो घर वन्छ भन्ने कल्पना समेत नगरेका उहाको खुसीको सिमा छैन ।
राम्रो घर र सफा सुग्गर भएपछि सोचाइमा समेत परिर्वतन आउदो रहेछ एकीकृत वस्तीका रामनारायण माझीले भन्नु भयो । कसरी छाक टार्ने भन्ने सोचाइमा रहेकाहामी अव कसरी बालबालिकालाई पढाएर ठुलो मान्छे बनाउने भन्ने सोचाइ हुन थालेको छ । यो घरमा वस्न थालको एक महिना पुगेको छैन धेरै राम्रा सोचाइ आउन थालेको छ उहाले भन्नु भयो । यहाँ बस्दा रक्सी खान पाइदैन, झगडा गर्न पाइदैन मिलेर बस्नु पर्दछ । नयाँ व्यक्ति आउदा हामी नमस्कार गरेर आदर गछौ उहाले भन्नु भयो पहिला त्यस्तो वानी थिएन अहिले धेरै परिर्वतन भएको छ । बालबालिकाको लागि खोल्ने ठाउँ छ, पढ्नको लागि यही वस्ती भित्रै विद्यालय छ । गाउँ घरमा केही समस्या परे वैठक बस्न, नयाँ केही कामको विषयमा छलफल गर्नु परेमा सामुदायिक भवन छ । सामुहिक छलफल गरेर काम गर्ने वानी वसेको छ उहाले भन्नु भयो ।
वस्तीको सुरक्षा, सरसफाइ र आवश्यक मर्मतको लागि वस्ती विभत्र प्रवेश गर्ने नयाँ व्यक्तिहरुबाट शुल्क लिने गरेको छ । नयाँ वस्ती भएकाले पर्यटकहरु आउने गर्दछन् उनीहरुबाट संकलन गरेको रकमले यहाँ आवश्यक पर्ने वस्तु खरिद गर्ने गरेको छ धुर्मुस सुन्तली फाउण्डेशनका सुपरभाइजर अनिस लामिछाने भन्नु भयो । यहाँको सरसफाइलाई हामीले विशेष ध्यान दिएका छौ उहाँले भने यहाँ बस्नेहरुका लागि हामीले नियम लगाएका छौ । भित्र बसेर रक्सी खान पाइदैन । बाटोमा वसेर चुरोट खान पाइदैन ।
घर वन्नु भन्दा पहिला हेर्न आउदा छुन पनि घिन लाग्दा जस्ता थिए । बोली चाली राम्रो थिएन । मानिसहरु आउदा झगडा गरिराखेका हुन्थे अहिले वानीमा परिवर्तन आएको छ । मिलेर वसेका छन् । सवैको आ आफ्नै घर छ । पकाउने खाने बस्ने, धारा पानी, शौचालय, नुहाउने स्थान सबैको व्यवस्था भएपछि झगडा हुने विषय कम हुने रहेछ उहाले भन्नु भयो । पानीको विषयमा शौचालयको विषयमा झगडा हुने गरेको थियो अहिले छैन । ढल निर्माण गरिएको छ । बस्ती नजिकै स्वास्थ्य चौकी भएकाले कुनै समस्या भए उपचारमा समस्या छैन । ४७ घर मा २८४ जना सख्या भएको वस्तीको फाउण्डेशनका कर्मचारीबाट निगरानी हुने गरेको छ ।
वस्ती हेर्नको लागि टाउर निर्माण गरिएको छ । १० कठ्ठा जमिनमा निर्माण भएको घरमा जानको लागि ढुङगाले बिछ्याइएको सडक छ । बालबालिकाको लागि खेल्ने स्थान, झुला, अध्ययन गर्नको लागि सामान्य ज्ञान, पार्क निर्माण, सुरक्षित पर्खाल, वाढीबाट सुरक्षित व्यवस्था, गेटको व्यवस्था रहेको छ । ५ करोड ९५ लाखमा निर्माण भएको वस्ती हेर्नको लागि दैनिक एकसय सजना भन्दा धेरै आउने गरेको फाउण्डेशनले जनाएको छ । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको पहलमा निर्माण भएको एकीकृत नमुना वस्ती गएको वर्ष यही समयमा उद्घाटन गरिएको थियो । पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर चोकबाट ४ किलोमिटर दक्षिण सन्तपुरमा पर्ने यो वस्ती पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।
झुपडीमा रहेको मुसहरुलाई पक्की घरमा सारिएपनि उनीहरुमा सरसफाइको चेतनाको भने अभाव रहेको छ । उनीहरुलाई रोजगारी र रेखदेखको लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने स्थानीयहरुले बताएका छन् ।