चितवन समाचारडटकम
१३ फागुन ।
चितवनको सर्वाधिक उचाइमा रहेको सिराइचुली पहाडमा भ्यु टावर निर्माण गरिने भएको छ ।
इच्छाकामना गाउपालिका वडा नं. १ मा रहेको सिराइचुली डाडामा पर्यटकलाई थप आकर्षक बनाउन भ्यु टावर बनाउन लागिएको हो ।
टावर निर्माणको लागि प्राविधिक टोलीले डीपीआर तयार अन्तिम चरणमा पु¥याएको इच्छाकामना गाउपालिकाकी अध्यक्ष गीता गुरुङले चितवन समाचार डट कमलाई जानकारी दिनु भयो । गाउपालिकाले ८ लाख रुपैयाको लागतमा भ्यु टावर र त्यहाँ पुग्न १२ लाखको लागतमा सिढी निर्माण कार्य गरिराखेको छ ।
इच्छाकामना वडा नंं २ को तोवाङबाट सिराइचुलीसम्म पुग्ने सिढी चारलाख रुपैयाको लागतमा तयार भइसकेको अध्यक्ष गुरुङले बताउनु भयो । त्यसैगरी हात्तीवाङबाट सिराइचुली पुग्न ८ लाख रुपैयाको लागतमा सिढी बनाउने काम शुरु हुदैछ ।
पृथ्वी राजमार्गको धादिङ जिल्ला रोराङ गाउपालिका स्थित हुग्दी खोलाबाट तावाङ र हात्तीवाङ मोटरमा जान सकिन्छ । पहाडी बाटो भएकाले हात्तीवाङसम्म पुग्न गाडीले करिब दुइ घण्टा लाग्दछ ।
त्यहाबाट आधा घण्टा सिढी चडेपछि सिराइचुली पुग्ने काम भइराखेको गाउपालिकाले जनाएको छ ।
भ्यु टावर निर्माण स्थल सिराइचुली डाडामा आकशे पानीको ट्याङकी राख्ने काम भइसकेको छ ।
आकर्शक र कलात्मक ढंगले भ्यु टावर बनाउन लागिएको अध्यक्ष गुरुङले बताउनु भयो । उहाका अनुसार यो काम यसै आर्थिक वर्ष भित्र सकिने छ ।
समुन्द्री सतहबाट एकहजार नौ सय ४५ मिटरको उचाइमा रहेको सिराइचुलीबाट मनमोहक सुर्योदय देख्न सकिन्छ । यहाँबाट गौरिशंकर धौलागिरी, लाङटाङ, मनास्लु हिमश्रृङखला देख्न सकिन्छ । यहाँबाट तराइका फाटहरु पनि देखिन्छ ।