पश्चिम चितवनमा ‘सोल्टी पटिहानी रिसोर्ट’ सञ्चालनमा आउने

 

चितवन, २६ असार । भरतपुर महानगरपालिका २२ मा ‘सोल्टी पटिहानी रिसोर्ट’ साउनबाट सञ्चालनमा आउने भएको छ ।
पश्चिम चितवनको पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन र सोल्टी होटल बिच सम्झौता भएपछि व्यवास्थापन सोल्टीले गर्दा नाम परिवर्तन गरेर सञ्चालनमा आउन लागेको हो । सम्झौता पत्रमा रिभरसाइड रोयल गार्डेनका अध्यक्ष कल्याण जोशी, प्रबन्ध निर्देशक ऋषि न्यौपाने र सोल्टी होटलको तर्फबाट उपाध्यक्ष सुदर्शन चापागाईं र दीपक लेखकले हस्ताक्षर गर्नु भएको थियो ।
सोल्टी होटलले सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरेसँगै पटिहानीको रिसोर्टलाई सोल्टीले १० वर्ष व्यवस्थापन गर्ने गरी लिएको हो । आइतबार रिसोर्टमा कार्यक्रमका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उपत्यका बाहिर सोल्टीको नेपालगञ्जमा आफ्नै पाँचतारे होटल विस्तार भइसकेको छ । पटिहानीमा सञ्चालनमा आउने ‘सोल्टी पटिहानी रिसोर्ट’ चार तारे सरहको सुविधा रहेको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।


करिब एक अर्ब लगानीमा बनेको रिसोर्टमा नेपालका २५ जना लगानीकर्ताहरु रहेको न्यौपानले जानकारी दिनुभयो । ४० वटा कोठा १२ भिल्लासहितको यो रिसोर्ट कूल पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा ठूला कन्फ्ररेन्स हल, स्विमिङ पुल रहेका छन् । एक भिल्लामा एउटा स्विमिङ पुल रहेका छन् भने अन्य ठुला पुलहरुपनि रहेको न्यौपानेले जानकारी दिनुभयो । कोरोना अगाडि बन्न सुरु भएको यो रिसोर्ट निर्माण हुन करिब पाँच वर्ष लागेको छ । साउन ३० गते उद्घाटन हुने भएपनि सञ्चालन भने साउन १ गतेबाटै हुनेछ । पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्टले सेवा थाल्ने तयारी गरेको छ । कोरोनाको कहर सकिएको र पर्यटकीय गतिविधि वृद्धी हुन थालेकाले अव रिसोर्ट सञ्चालन गर्न उपयुक्त वातावरण भएको उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट