नारायणी लिफ्टको मोटर मर्मत गरी सिचाइ गरिने

 

चितवन, २५ असार । नयाँ आएको मोटर जडान गर्न नभ्याएपछि पुरानोलाई मर्मत गरेर नारायणी लिफ्टले पानी वितरण गर्ने भएको छ ।
पश्चिम चितवनको चारहजार ७ सय हेक्टर जमिनमा सिचाइ हुने नारायणी लिफ्टको पानी तान्न मोटरको प्रयोग गरिएको छ । पुरानो भएको मोटर विग्रीएर समस्या भएपछि नयाँ मोटर खरिद गरिएको थियो । गत वर्षको चैतमा नै १८ करोड रुपियाँमा खरिद गरेर ल्याएको नयाँ मोटर वर्षातको कारण जडान गर्न समस्या भएपछि पुरानोलाई नै मर्मत गरेको नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालय चितवनका सूचना अधिकारी प्रकास तिमल्सिनाले जानकारी दिनुभयो ।
नयाँ जडानको लागि केही समय लाग्ने गर्दछ सूचना अधिकारी तिमल्सिनाले भन्नुभयो जडान गर्ने स्थानमा नारायणीको पानी भरिएको छ जसले काम गर्न सकिएन । अहिले पुरानैलाई मर्मत गरेर चलाउने तयारी छ । नारायणी नदीको लिफ्टको पानी असार २७ गते छाड्ने तयारी रहेको उहाले बताउनुभयो । नहरको मर्मत र सरसफाइ नसकिएकाले असारको अन्तिममा पानी छाड्ने तयारी छ ।
कार्यालयका अनुसार पूर्वी चितवनको खगेरी नहरबाट भने असार १५ गतेनै पानी वितरण भइराखेको छ । खगेरीको नहरबाट तीनहजार ९ सय हेक्टर जमिनमा सिचाइ हुदै आएको छ । पुर्वी चितवनको टिकौलीबाट पश्चिम चितवनका लागि यो नहर आउने गर्दछ । चितवन राष्ट्रिय निकुञ्ज हुदै देवनगरबाट प्रवेश गर्ने यो नहरले गीतानगर, देवनगर, पार्वतीपुर लगायतको स्थानमा सिंचित हुने गर्दछ ।
नारायण्ी नदीको पानी मोटरले तानेर गरिने सिचाइ पश्चिम चितवनको भरतपुरका केही क्षेत्र, गौरिगञ्जदेखि गुञ्जानगरसम्म सिचाइ हुने गरेको छ । पूर्वी चितवनमा साना खोलाको पानी, डिप वोरिङलगायतको माध्यमबाट असार लाग्दैमा रोपाइ हुने गरेको छ । पश्चिम चितवनमा भने पूर्वको तुलनामा करिब एक महिनापछि मात्र रोपाइ हुने गर्दछ । यहाँ असारको अन्तिम र खास गरी साउनमा रोपाइ हुने गरेको कार्यालयले जानकारी दिएको छ । नहरको सिचाइ नभएमा पश्चिम चितवनमा रोपाइ गर्न कठिन हुने गर्दछ ।

 

शेयर गरौ

ताजा अपडेट