अव्यवस्थित वसोवास समाधान गर्ने प्रयास गर्छु : रेग्मी

 

चितवन, २३ असार । चितवनको कालिका नगरपालिकाको प्रमुख समस्या अव्यवस्थित बसोवास रहेको छ ।
यसलाई समाधान गर्न ठुलो चुनौती भएपनि यसलाई समाधान गर्ने योजनाका साथ अगाडि वढेको नवनिर्वाचित नगर प्रमुख विनोद रेग्मी बताउनु हुन्छ । जिल्लाका अन्य पालिका भन्दा हाम्रो स्थानीय तहको फरक महत्व रहेको छ उहाले भन्नुभयो ‘ चेपाङ, तामाङको वसोवास बाक्लो रहेको पालिका हो यहाँ अन्य जातजाति पनि छन् ।’
२०५७ सालमा निकुञ्जबाट स्थानान्तरण भएर आएको पदमपुर वस्ती र अहिले भइराखेको ज्ुटपानी क्षेत्र यहाँ अव्यवस्थित सुकुम्वासी वासोवास रहेको छ । यसलाई व्यवस्थित पारेर उनीहरुको वासको ग्यारेन्टी गर्नु पर्ने स्थानीय सरकारको दायित्व रहेको छ प्रमुख रेग्मीले भन्नुभयो । ‘पदमपुर र जुटपानी बिच जोड्ने स्थानको क्षेत्र, पालिकाका अन्य स्थानमा सुकुम्वासी वस्ती छ त्यसलाई लालपुर्जा दिएर उनीहरुको वासको निश्चित बनाउनु पर्ने दायित्व अहिलेको सरकारले लिएको छ’ रेग्मीले भन्नुभयो ।
पमदपुरमा दुइसय विगहा त लालपुर्जा नभएको वस्ती छ । त्यो बाहेक अन्य क्षेत्रा पनि यस्तै समस्या छ । सुकुम्वासी बस्ती भएकै कारण नपरपालिकाको आम्दानी बृद्धि ुहन सकेको छैन । यी सवै विषयलाई ध्यान दिएर आउदो वर्षमा नयाँ योजनाका साथ कार्यक्रम ल्याएर वासको ग्यारेन्टी गराउने छौं रेग्मीले भन्नुभयो ।
पालिकाले यस अगाडिपनि घर नभएका चेपाङलाई मेयर आवास कार्यक्रम मार्फत समेटिएका थिए । आउदो दिनमा अझै त्यसलाई व्यापकता गरेर लैजाने जानकारी दिनुभयो ।
पालिकाको अर्को काम भनेको कयर खोला तटवन्धन रहेको छ । यो खोलाले उर्बर जमिन कटान गर्ने र खेती योग्य जमिनलाई बाँझो बनाउने समस्या छ यसलाई समाधान गरे जाने योजना निर्माण गरेका छौ प्रमुख रेग्मीले भन्नुभयो । पालिकामा एउटा सुन्दर आकर्षक पर्यटकीय क्षेत्र निर्माणको लागि योजना निर्माण हुदै गरेको छ रेग्मीले भन्नुभयो । शक्तिखोर, सिद्धी क्षेत्रमा पहाड र तराइ जोडेर आकर्षण पर्यटकीय गन्तव्य निर्माण गरिने तयारी छ उहाले भन्नुभयो । सिम्ती झरना अहिले भइराखेको क्षेत्र हो त्यो बाहेक नेपाली चलचित्र सुटिङ गर्न मिल्ले गरी, नयाँ म्युजिक भिडियो निर्माण गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरेर आकर्षक बनाउने तयारी छ रेग्मीले भन्नुभयो ।
किसानको वाहुल्यता रहेको पालिकामा किसानलाई अलगै प्याकेजका कार्यक्रमले समेट्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘आफै काम गर्न सक्ने किसानलाई अनुदान दिएर प्रोत्साहन गर्ने कार्याक्रम ल्याउने छौ ’ उहाले भन्नुभयो ‘दुधमा अनुदान दिने, कुनै फर्म सञ्चालन गर्न चाहेमा सहयोग गर्ने, उपकरण खरिद गरेर पालिकाले दिने, उद्यम गर्ने किसानलाई सम्मान गर्ने, पशुमा नश्ल सुधार, घाँसको विउ र बिरुवामा खरिदमा अनुदान,उन्नत बीउ र बेर्नाको श्रोत केन्द्र स्थापना गरिने छ ।’
आन्तरिक आयमा ज्यादै कम आम्दानी हुने पालिका भएकाले यसको स्रोत र साधनले भ्याएसम्म जनताको अपेक्षालाई समेटेर जाने तयारी रहेको उहाले जानकारी दिनुभयो । नेपाली काँग्रेसका शिवराम केसीलाई पराजित गर्नु भएका नगर प्रमुख रेग्मी यस अगाडि सोही पालिकाको वडा नं. ६ का अध्यक्ष भएर काम गर्नु भएको थियो ।

 

 

 

 

शेयर गरौ

ताजा अपडेट