साल्ट ट्रेडिङले तीस हजार पाँचसय वोरा मल वितरण ग¥यो

चितवन २१ असार । चितवनको साल्ट ट्रेडिङ कर्पोरेशल लिमिटेड नारायणगढले यस वर्ष तीस हजार पाँचसय १३ वोरा रासायनिक मल विक्री वितरण गरेको छ ।
कर्पोरेशन लिमिटेड नारायणगढ शाखाका प्रमुख वुद्धिविनोद दाहालले जारी गर्नु भएको सूचनाका आधारमा आर्थिक वर्ष २०७८\०७९ मा सो परिमाणको मल वितरण गरेको जानकारी दिनुभयो । जिल्लाको सातै पालिकामा सरकारले दिएको अनुदानको मल तोकिएको मुल्यमा वितरण गरिएको हो । कार्यालयका अनुसार युरिया १५ हजार १६६ बोरा वितरण गरेको छ । त्यस्तै गरी डिएपी ११ हजार तीन सय ३५ बोरा र पोटास चारहजार १२ बोरा विक्री गरेको छ ।
साल्ट ट्रेडिङले ३० प्रतिशत रासायनिक मल वितरण गर्ने जिम्मा पाएको थियो । कार्यालय मार्फत अझै मल आउन बाकी रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार युरिया ८ हजार ६२०, डिएपी सातहजार ८४० आउने क्रममा रहेको छ । आएको मललाई बिक्री बितरण गरिदै जाने कार्यालय प्रमुख दाहालले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट