आज राष्ट्रिय धान दिबस : चितवन सहित देशभर धान राेपेर मनाईदैं

काठमाडौँ । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।  आगामी  वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । 
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

चितवनमा बिबिध कार्यक्रम –

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन र कृषि ज्ञान केन्द्र चितवनले आज जिल्लाका विभिन्न स्थानमा मेसिनबाट धान रोपेर धान दिवस मनाउन लागेका छन् । 

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ विगतमा झै यस बर्ष पनि धान दिवस मनाउन लागिएको कृषि अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । 

खैरहनी नगरपालिका १३मा मेसिनबाट धान रोपेर दिवस मनाउन लागिएको  परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै, भरतपुर २५मा प्रतियोगितात्मक कार्यक्रम सहित धान रोपेर दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । 

शेयर गरौ

ताजा अपडेट