चितवन, ९ असार । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षमा करिब छ अर्वको हाराहारीमा बजेट सार्वैजनिक गर्ने तयारी गरेको छ ।
असार १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीमा जुटेको भरतपुरले गत वर्षको भन्दा एक अर्व १५ करोड बजेट वृद्धि गरे ल्याउने तयारी गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गत वर्ष भन्दा अहिले बजेट वृद्धि भएर आउने जानकारी दिनुभयो । महानगरको गत वर्षको बजेट ४ अर्व ८५ करोड रुपियाँ सार्वजनिक गरेको थियो ।
उहाले भन्नुभयो ‘गत वर्षको भन्दा आउदो वर्षमा हामी उत्पादनका कार्यक्रमलाई केन्द्रीत गरेर बजेट ल्याउने तयारी गरेका छौ त्यसैले वृद्धि हुनेछ ।’ हामीले महानगरपालिकामा पूर्वाधारलाई ध्यान दिएर विगतका वर्षहरुमा बजेटलाई केन्द्रीत गरेका थियौ दाहालले भन्नुभयो, ‘आउदो आर्थिक वर्षमा पूर्वाधारसंगै उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राखेका काम गर्नेछौ । अब पूर्वाधारलाई मात्रै केन्द्रीत हुनेछैन ।’
कार्यक्रम ल्याउनको लागि विषयगत विभावको छलफलमा जुटेका छौ दाहालले भन्नुभयो ‘महानगरपालिकामा आउदो कार्यक्रम के कस्ता राख्न मिल्छ र गर्न सकिने कामहरु समेटिने छ । जनताको अपेक्षा धेरै छन् सिमित स्रोत साधनको कारण अधिकतम समेट्ने गरी कार्यक्रम ल्याउने तयारी रहेको छ ।’
भरतपुर महानगरपालिको प्रशासकीय प्रमुख रामवन्धु सुवेदीले आगामी कार्यक्रमका विषयमा हामी छलफलमा छौ जनताको जीवन स्तर माथि उकास्ने प्रकारका योजना ल्याउने तयारी भएको छ । कृषि, शिक्षा, स्वरोजगार बन्ने कार्यक्रमलगायतका जनमुखी कार्यक्रम ल्याउने तयारी रहेको छ ।
लेखा अधिकृत जगन्नाथ अर्यालले गत वर्ष भन्दा बजेट वृद्धि भएर आउने तयारी रहेको जानकारी दिनुभयो । कार्यक्रमहरु धेरै समेटिएका छन् त्यसैले हामीले करिब ६ अर्वको हाराहारीमा बजेट आउने छ उहाले भन्नुभयो यस वर्षबाट वडामा जाने बजेटसमेत वृद्धि हुने जानकारी दिनुभयो । गत वर्ष वडामा एक करोड ७० लाख बजेट गएकोमा अव दुइ करोड ५० लाख बजेट प्रत्येक वडामा जाने तयारी भएको उहाले बताउनुभयो ।
महानगरले गर्त वर्ष आन्तरिक राजश्व एक अर्व २५ करोड रुपियाँ उठाउने लक्ष्य राखेको थियो । असारको पहिरले हप्तासम्म ९० करोड रुपियाँ राजश्व असुली गरेको छ भने मसान्तसम्म लक्ष्य भेटिने महानगरले अनुमान गरेको छ । आउदो वर्षमा आन्तरिक आम्दानी राजश्व एक अर्व ५० करोड उठाउने लक्ष्य सहितको बजेट सार्वजनिक गर्दैछ । महानगरको असार १० बजे नीतिक तथा कार्यक्रम सार्वजनिक हुदैछ ।