सेटिङमा लाइसेन्स बाँड्ने एकान्तकुनाका तत्कालीन प्रमुख र बिचौलियासहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँड्ने यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुख र बिचौलियासहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरीसमेत १२ जना कर्मचारी र पाँच जना विचौलियाहरु समेत १७ जनाविरुद्ध गैरकानूनी रुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

एकान्तकुना कार्यालयका कर्मचारीहरु तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको उजुरी निवेदनमा छानविन गर्दा अख्तियारले तत्कालीन कार्यालय प्रमुख कार्की र राकुस्माले सवारी चालक अनुमति(पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको पाइएको थियो।

त्यसैगरी मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर ९पाचौँ० कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर ९करार सेवा० प्रकाश कार्की, कम्प्युटर अपरेटर ९करार सेवा० रेजु भट्टराई, कम्प्युटर अपरेटर ९करार सेवा० रोसन राजभण्डारी, कम्प्युटर अपरेटर ९करार सेवा० श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर ९करार सेवा० लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर ९करार सेवा० माया सेठी, कम्प्युटर अपरेटर ९करार सेवा० रिचा श्रेष्ठसमेतले सवारी चालक अनुमति(पत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेर अनाधिकृत लाइसेन्स बाँडेको पाइएको थियो।

उनीहरुले आब २०७७र७८ र आब २०७८र०७९ को साउन र भदौ गरेर १४ महिनाको अवधिमा विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वतस् रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेका थिए।

यसरी सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले कार्यालय प्रमुखसहित संलग्न १२ कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको हो।

त्यसैगरी पाँचै जना विचौलियाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसुरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम सजायको मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

शेयर गरौ

ताजा अपडेट