चितवन, ३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब चितवनमा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ ।
भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार बोल्दै उहाले धेलोहिलो सडकबाट महानगबासी मुक्त भएका छन अब उत्पादनका कार्यक्रमलाई जोड दिने योजानहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चितवनलाई पहिलो प्राथमिकता भनेको भौतिक पुर्वाधार र यातायातलाई थियो त्यो केही हदसम्म पूरा भएको छ उहाले भन्नुभयो । काम अझै बाकी छ तर धेरै भएको छ । अबको प्राथमिकता भनेको उत्पादन र सामाजिक सुरक्षा हो । अब उत्पादन सगै रोजगारी सृष्टि गर्नु पर्दछ प्रचण्डले भन्नुभयो ‘भौतिक पूर्वाधार केही समयको लागि मात्र हो लमो समय भनेको उत्पादनलाई दिने हो । जनताले चाहेका पनि यहि छन । ’
म यहाँ निर्वाचन क्षेत्रमा आउदा एउटा सपना बोकेर आएको छु, जुन म पूरा गर्दछु । जनप्रतिनिधि हुन मात्र आएको होइन यहाको विकासले देशलाई चिनाउन सकोस भन्ने मेरो धाराणा हो उहाले भन्नुभयो । राष्ट्रिय दायित्व मैले बोकेको छु । नवलपुर, चितवन र मकवानपुरलाई जोडेर बृहत्तर विकासलाई योजना निर्माण गर्दैछौ । अझै केही वर्ष चितवनको विकासमा म सक्रिय भएर काम गर्ने इच्छा छ यो मेरो चाहनालाई तपाइहरुले साथ दिनु हुने छ भन्ने विश्वास लिएको छु प्रचण्डले भन्नुभयो ।
उहाले जनताको सुझावलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राम्रा सुझावलाई आत्मासाथ गरेर मात्र अगाडि बढ्नु पर्छ भन्ने हामीले महसुस गरेका छौ । बिगतका दिनले धेरै पाठ सिकाएको छ त्यसैले आउदा दिनमा गल्ती सच्याएर जाने प्रण गर्दछौ । जनताको बिचमा जाने कार्यतालिका बनाएर अगाडि बढ्नु पर्दछ । केन्द्रदेखि स्थानीय तहसम्मका नेताले जनताको घरमा गएर सुझाब सल्लाह लिन सक्नु पर्दछ । जनताको गुनासो सुन्ने तागत वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।