फागुन भित्र सवै कानुन बनाउने गरि समितिले थाल्यो छलफल, सभापति पोखरेल भन्छन, “तीव्र गतीमा अघि बढ्छौं ”

चितवन, ३ माघ ।
सरकारले संसदमा पेश गरेको विभिन्न ५७ वटा कानुन माथी कानुन न्याय तथा मानवअधिकार समितिमा विहीवारवाट छलफल शुरु भएको छ ।
नेपालको संविधान २०७२ अनुकुल नयाँ कानुन निर्माण गर्ने क्रममा सरकारले केही ऐन संसोधन विद्येयकका रुपमा संसदमा पेश गरेको हो । यी कानुनहरुमाथी संसदीय समितिमा छलफल आरम्भ भएको प्रतिनिधी सभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापती कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।
सभापति पोखरेलका अनुसार समितिमा केही दिनमा थप एक सय नौ वटा संसोधन विद्येयक पेश हुनेछ । नेपालको संविधान २०७२ अनुकुल हुनेगरी सवै कानुन आगामी फागुन २० गते भित्र संघीय संसदले पारित गर्नुपर्ने हुन्छ ।
यसका लागी समितिले अव तीव्र गतीमा छलफल अघि बढाउने पोखरेलले बताउनुभयो ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अघि बढेको वर्तमान सरकारले सवै कानुनहरु तयार भएपछि सुशासन र विकासले मुर्तरुप लिने दावी गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट