एमालेको अवरोधकैबीच अर्थमन्त्रीले दिए संसदमा जवाफ

काठमाडौँ २ असार । । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच संसद्मा मन्त्रालयका लागि विनियोजित बजेट र योजनाका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

एमाले सांसद भानुभक्त ढकालले शर्मामाथि गम्भीर प्रश्न उठेको अवस्थामा प्रतिपक्षले अर्थमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताएका छन् । उनले कि अर्थमन्त्रीको राजीनामा नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएका थिए ।

अर्थमन्त्री रोष्ट्रममा पुगेपछि एमालेका सांसद हृदयेश त्रिपाठीले पनि सभामुख सापकोटालाई संसदीय समिति गठन गर्न माग गरेका थिए । उनले अर्थमन्त्रीमाथि कर, भन्सार र राजश्वका दर निर्धारण गर्ने क्रममा गम्भीर प्रश्न उठेको भन्दै संसदीय मान्यतालाई ध्यानमा राखेर संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए । अर्थमन्त्री शर्माले भने संसद्मा सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । एमाले सांसदहरू सिटबाट उभिएर विरोध गरिरहेका छन् ।

शेयर गरौ

ताजा अपडेट