मकवानपुुर १ असार । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेका हुन् ।
सरकारको आव २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँको बजेट मध्ये चालु तर्फ १९ अर्व २ करोड रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्व ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्व रुपैयाँ र वित्तिय व्यवस्थापज.न तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त प्रस्तुत गरिएको अनुमानित बजेटमा सरकारले रत्ननगरमा आर्युवेदीक औषधि उत्पादन केन्द्र संचालन गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।