काठमाडौं १ असार । सांसद गगन कुमार थापाले नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण सेयर लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद गगन थापाले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताले यस्तो गुनासो गरेको बताएका हुन् ‘प्रत्येक दिन मेरो घरमा १०, १५ जना मान्छे आउने गरेका छन्’ उहाले भन्नु भयो, ‘आउँनेमा काठमाडौंका मात्रै होइन साना साना शहरका पनि रहेका छन् । दुःख गरेर कमाएको २ पैसा पनि गुमेपछि कोही म झुण्डिएर मर्छ भनिरहेका छन् । कोही सडकमा आइपुग्यौ भनिरहेका छन् ।’
राष्ट्र बैंकको नीतिका कारण दुःख गरेर कमाएका पैसा घट्दा लगानीकर्ता निकै त्रसित बनेको उनको भनाइ रहेको छ । बजारको अवस्था नाजुक भएको भन्दै यो विषयमा सरकारले संसदमा जानकारी माग गरेका छन् । यस विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको थापाले बताए तरलता अभावको समयमा बजार घट्नु स्वभाविकै भएपनि राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिले बजार घट्नु सामान्य विषय नभएको उनको तर्क रहेको छ । सेयर बजारमा सुधार आए लगानीकर्ताको मात्रै होइन समग्र देशको अर्थ व्यवस्था नै बलियो हुने उनको बुझाई छ ।
सेयर बजारमा आएको गिरावटले साना लगानीकर्ता उठ्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ रहेको थियो । २०७८ भदौ २८ गते ३१९८ बिन्दुमा पुगेको बजार वुधवार १९६६.३७ बिन्दुमा पुगेको छ ।