चितवन, २९ जेठ । कमजोर भुवनोट र विकास निर्माणको लागि पहाड भत्काउदा पहिरो जाने समस्या आएको पाइएको छ ।
मुग्लिन नारायणगढ र मुग्लिन नागढुंगा सडकखण्डमा अहिले दैनिक जसो ठुलो पहिरो आएर राजमार्ग बन्द हुने कारणनै यहाँको कमजोर भुबनोट रहेको विज्ञहरुले जानकारी दिएका छन् ।
मुग्लिन नारायणगढ सडकखण्डको नाम्सी खोलाको पुल निर्माणको लागि पहाड फोड्ने काम भएको थियो । पहाड भत्काउदा बाँकी रहेको स्थानबाटै अहिलेको वर्षामा लेदो बगेको छ । यही स्थान पहिलादेखिनै प्रकृतिक बनोटनै कमजोर रहेको थियो अहिले वर्षालागेपछि थप कमजोर भएर लेदो खसेको छ नारायणगढ–मुग्लिन, नागढुंगा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भन्नुभयो ।
‘मुग्लिनदेखि नारायणगढ तर्फ दुइ स्थानको पुल निर्माण गर्नु पर्नेछ जहाँ अहिले पहाड खोपेर स्थान निर्माण गर्ने क्रममा छौ’ उहाले भन्नुभयो । वर्षा लागेपछि हामीले कामलाई रोकेका छौ पानी पर्नासाथ पहिरो आएर काम गर्न दिदैन प्रमुख कार्कीले भन्नुभयो । वर्षा सकिएपछि मात्र काम गर्ने योजना लिएका छौ कर्कीले भन्नुभयो ‘पहिलापनि यही स्थानमा पहिरो जाने समस्या थियो अहिले पहाड खनेपछि झन गएको छ ।’ पहिरो रोक्ने काम गरेर सडक सञ्चालन तर्फ हाम्रो ध्यान गएको छ अब वर्षापछि मात्रै पुलको काम गर्नेछौ ।
मुग्लिन नागढुंगा सडकखण्डको घोप्टेभिर नाग्दीखोलामा भने माथि खोल्सामा पानी धेरै वगेर पहिरो आएको आयोजनाका प्रमुख इन्जिनियर कार्कीले बताउनुभयो । यो स्थानमा अहिले यती ठुलो पहिरो नयाँ हो उहाले भन्नुभयो ‘हामीले प्रारम्भिक अध्ययन गर्दा सानाखोल्छा पहाडको माथि धेरै रहेको, त्यही खोल्साले ढुंगा ग्याङरेङ बगाएर ल्याउदा ठुलो पहिरो आएको छ । ’ कमजोर पहाडमा भारी वर्षा हुदा ढुंगासहित लेदो बगाएर आएपछि ठुलो पहिरो आएको उहाले बताउनुभयो ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले अहिले पहिरो गएको स्थान कमजोर धरातल भएकाले समस्या आएको जानकारी दिनुभयो । ‘ मुग्लिन नारायणगढ सडकखण्डको नाम्सी खोलाको पुल निर्माण गर्दा पहाड फोडेकै कारण मुख्य हो, त्यो पहाड कमजोर बनोट रहेको छ ’ उहाले भन्नुभयो ‘अब पहिरो आए पन्छाएर यातायात सञ्चालन गर्नुको विकल्प छैन ।’ वर्षापछि पहिरो आउने पहाडमा रोकथामको उपाए अपनाउन सकिन्छ अहिलेलाई सतर्क रहेर यात्रा गर्नु पर्ने उहाले सुझाव दिनुभयो ।
पहिरो पन्छाएपछि शनिबार बिहानबाट यातायात दुइतर्फ सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मवहादुर अधिकारीले जानकारी दिनुभयो । साना पहिरो आइरहेका छन् उहाले भन्नुभयो केही समय रोकिदै सञ्चालन गर्दै आएका छौ । पहिरो जाने स्थानमा तयारी अवस्थामा डोजर राखिएको छ । राती पनि पहिरो पन्छाएर राजमार्ग सञ्चालन ल्याउने गरी बत्ती, साधन र जनशक्तिको व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले बताउनुभयो । वुधबार राति ११ बजे पहिरो खसेपछि शुक्रबार दिउसो केही समय चलेको यातायात साँझ पुन बन्द भएर रोएिको थियो ।