चितवन, २९ जेठ । चितवन उद्योग संघले सातौं चितवन अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशहरुमा सहयोग प्रस्ताव पेश गरेको छ ।
दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन भन्ने नारा सहित चितवन उद्योग संघको आयोजनामा २०७९ सालको पौष १, २ र ३ गते आयोजना गरिने सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउने उद्देश्यले प्रस्ताव पेश गरिएको हो । संघका अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वमा गएको टोलीले नेपालका सातै प्रदेशमा प्रस्ताव पेश गरिएको हो ।
टोलीले बागमती प्रदेशमा मुख्यमन्त्री मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री शालिकराम जमरकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्री कृष्ण प्रसाद खनाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री मिलनबाबु श्रेष्ठलाई पेस गरेको हो ।
१ नं. प्र्रदेशमा उद्योग, श्रम तथा रोजगार मन्त्रालयका मन्त्री प्रताव प्रकाश हाङगाम, मधेस प्रदेश सचिव विशाल घिमरे, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, सुदुरपश्चिम प्रदेशका सचिव जितेन्द्र बस्नेत, कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री जीवनबहादुर शाहीलाइ भेटेर सफल बनाउन सहयोग मागेको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वमा सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी का लागि संघका निवर्तमान अध्यक्ष राजु पौडेल, पूर्व अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको टोलीले प्रदेशहरुमा पुगी सहयोग प्रस्ताव पेश कार्यक्रमलाई सफल गराउन सहयोगको अपिल गरेका हुन् ।