अनाथालयकी बालिकालाई करणी गरेको आरोपमा दुइजना पक्राउ

 

इलाम २९ जेठ । राहसल बाल अनाथालय इलामका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई करणी गरेको अभियोगमा सचिव कविन्द्र राई पक्राउ गरिएको हो ।

अनाथालयकी एक बालिकालाई करणी गरेको जाहेरी परेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल बिद्युत कार्यालय इलाममा कार्यरत कर्मचारी समेत रहेको बताइएको छ । प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई समेत पक्राउ गरिएको छ ।

चौहान माथी समेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । राईलाई बिहिबार नै पक्राउ गरिएको जनाइएको छ । सुरुमा पक्राउ परेका राईलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ । राई पक्राउ परेपछि थप अनुसन्धानका लागि अध्यक्ष चौहानलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ । चौहानलाई समेत म्याद थप गरेर बिष्तृत अनुसन्धान गरिने प्रहरीको भनाई छ । चौहानलाई समेत आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्ने’ खुलाउन नमिल्ने प्रहरीको भनाई छ । अनुसन्धान पछिमात्र भन्न मिल्ने प्रहरी प्रहुख श्रेष्ठको भनाई छ ।

शेयर गरौ

ताजा अपडेट