अण्डाको मुल्य फेरि बढ्यो

चितवन, १० फागुन :

केही दिन अघि मात्र बढेको अण्डाको मुल्य भोलीबाट लागु हुने गरि फेरी बढेको छ ।

आज नेपाल अण्डा उत्पादक सघंको केन्द्रीय कार्यालयमा बसेको सर्वपक्षीय बैठकले ठुलो अण्डाको मुल्य प्रति के्रटमा २० रूपैया बृद्वी गरेको हो ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेलका अनुसार ठुलो अण्डाको मुल्य प्रति के्रट २६५ रुँपैया पर्नेछ ।

यस अघि अण्डाको मुल्य प्रति के्रट २४५ रुँपैया रहेको थियो ।

ताजा अपडेट