भासिएको सडक तल दुइजनाको शव र एउटा कार भेटियो

 

तनहुँ २७ जेठ । पृथ्वी राजमार्ग अन्तर्गत तनहु जिल्लाको आँबुखैरनी गाउँपालिका ४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ ।

सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।

 

शेयर गरौ

ताजा अपडेट