तरकारी टिप्न खेतामा जाँदा बाघको आक्रमणबाट घाइते

आक्रमणबाट घाइते इन्द्रवहादुर वाइवा पुरनो मेडिकल कलेजमा उपचार हुदै । फोटो प्रकाश ज्ञवाली

 

चितवन, २७ जेठ । खेतमा तरकारी टिप्न जादा बाघले आक्रमण गरेर चितवनमा एक पुरुष गम्भिर घाइते भएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. १ डिपार्ट गाउमा आफ्नै खेतमा तरकारी टिप्न जादा विहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरेको थियो । आक्रमणबाट सोही ठाउ घर भएका ४३ वर्षीय इन्द्रवहादुर वाइवा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।
घइते वाइबालाई प्रहरीको टोलीले उद्दार गरेर उपचारको लागि अस्पताल लगेको थियो । घाइतेको घाँटी र अनुहारमा चोट लागेको छ । उहाँको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइराखेको छ ।

आक्रमणबाट घाइते इन्द्रवहादुर वाइवा पुरनो मेडिकल कलेजमा उपचार हुदै । फोटो प्रकाश ज्ञवाली

शेयर गरौ

ताजा अपडेट