चितवन । उद्योग वाणिज्य संघ–चितवनले बेकरी बनाउने सम्बन्धी जेठ २४ र २५ गते २ दिने तालिम आयोजना गरी सम्पन्न भएको छ । बेकरी बनाउन ज्ञान दिने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनको आयोजना र स्पाउज क्लब अफ आरसी चितवनको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
संघको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले यस तालिमले वेकरी सम्बन्धी व्यवसाय गरिरहनु भएका व्यवसायीलाई थप नया“ कुरा सिक्ने अवसर मिल्नुका साथै नया“ सिक्न आउनु भएकालाई पनि व्यवसाय गर्न हौसला प्रदान गरेको बताउदै उहा“ले संघले यस्ता कार्यक्रमहरु आयोजना गरिरहने समेत बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवका कार्यसमिति सदस्य एवम् तालिम संयोजक योगिता पियाले तालिम वाट सिकेको अनुभवलाई आर्थिक उन्नती लगाउनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै स्पाउज क्लब अफ आरसी चितवनका अध्यक्ष कविता चुकेले तालिमले व्यक्तित्वमा निखार ल्याउने र आय आर्जनमा समेत सहयोग पुयाउने बताउदै कार्यक्रम महत्वपूर्ण भएको बताउनु भयो ।
सोही कार्यक्रममा वोल्दै प्रशिक्षार्थी स्वस्तिका तिवारीले यो तालिम छोटो समयको भएकाले पहिलो खुड्कीला मात्र चडेको र अव पनि अझै एड्भान्स वेकरी तालिम आयोजना गरी सहभागी गराउनुहुन अनुरोध गर्नुभयो । दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा ज्योती जोशीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
४५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु एवं स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष तथा पदाधिकारी, संघका कार्यकारी निर्देशक निलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष कविता चुकेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सघंका कार्यक्रम अधिकृत गणेश सुवदीले सञ्चालन गर्नुभएको थियो ।