चितवनको निर्वाचन क्षेत्र १ को कुन आयोजनामा कती बजेट

चितवन २५ जेठ । चितवनको निर्वाचन क्षेत्र नं. १ मा दुइ दर्जन भन्दा धेरै विकास निर्माणका आयोजनाहरुमा बजेट विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र आन्र्तगत ठोरी भण्डारा लोथर मलेखु चेपाङ मार्गको लागि आउदो आर्थिक वर्षमा २० करोड रुपियाँ विनियोजना भएको हो । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय बाट आ.व २०७९÷०८० को लागि वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम मार्फत रकम छुट्याएको हो ।
यो राजमार्ग राजधानी काठमाण्डौं जानको लागि छोटो दुरीको बाटोको रुपमा रहेको छ । निर्माणाधिन राजमार्गको केही १८ किलोमिटर भन्दा धेरै कालोपत्रे भइसकेको छ । चितवनको भण्डाराबाट लोथरको यौरालीटार हुदै धादिङको मेलुख पुगिन्छ ।
विनियोजित बजेट अन्र्तगत निम्न आयोजना र बजेट रहेका छन् ।
समष्टिगत आयोजना
१) चेपाङ मार्ग (ठोरी–भण्डारा–लोथर–मलेखु) २० करोड
(वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम)
१) शान्तिचोक रनपा ३ उत्तर कालिका नपा जोड्ने सडक रू ५० लाख
२) रत्ननगर ३ बन्सि देखि बेल्सि हुँदै फसेरी जाने बाटो कालोपत्रे रू ५० लाख
३) राप्ती ६ पुलवारी चौकी–लौकही–महल–फुलौरिया–मुढाभार–गोठौली सडक १ करोड
४) राप्ति ७ आनन्द मार्ग चुवा खोला श्रीकोट चर्च सम्म रू ७५ लाख
५) कालिटार राप्ती १३ चितवनबाट स्यादुल वेनिघाट रोरागं ६ धादिगं जोड्ने सडक रू ५० लाख
६) खैनपा १२ कठार कुमरोजबाट कठार (खैनपा १०÷११) हुँदै राप्ती नपा ६ जोड्ने पर्यटन सडक रू ५० लाख
७) झुवानी मैनाह टोलबाट भुड्कुना जाने बाटो स्तरोउन्नती रनपा ५ झुवानी रू ५० लाख
(निर्वाचन क्षेत्र रणनैतिक क्षेत्र)
१) राप्ती नपा १ लोथर डाईकबाट बस्ति र सामुदायिक बन बिचबाट राप्ति ३,४,६ खैरहनी १०,११,१२ रनपा ८,९,१० गणेशचोक हुँदै मनिखोला पार्क हुँदै उत्तराखण्ड पिठुवा चैनपुरबाट राप्तीको भण्डारा सम्म रू ३ करोड २० लाख
(प्रदेशमा हस्तान्त्रण भएका योजनाहरू)
१) वैरेनीबाट पाख्रिवास (उत्तर जंगल छेउ) राप्नी नपा
२) खैरेनी बजार देखि बासु स्मृति विग्रेडबाट सिद्धिपुर सम्म सडक
३) महेन्द्र हाईवे जम्कौली फसेरा फसेर्नी हुँदै सौराह सडक
(स्थानीय सडक पुल)
१) पम्फा खोला पुल, श्रीकोट वीरेन्द्रनगर रू १ करोड
२) पम्पा खोलामा पुल (चिप्लेटी पुल) विरेन्द्रनगर रू ५ लाख
३) पम्पा खोलामा पुल, राप्ती नपा ६÷१० जोड्ने पछुवारी रू २ करोड
४) च्यात्रा खोला पुल राप्ती नपा ११ (उत्तराखण्ड) रू ५० लाख
५) गोवईघाट पुल खैरहनी नपा कुमरोज रू १ करोड
६) झवानीघाट पुल खैनपा कुमरोज बछौली रू १ करोड
७) पम्पा खोला पुल खैरहनी २ नमुना पेट्रोल पम्प बाट सुल्तनी गाँउ जाने बाटोमा रू २ करोड
८) ढुंग्रे खोला पुल कठार रू २ करोड
९) बुढी राप्ती महेन्द्र राजमार्ग पुरानो एलाईमेन्ट रू ५० लाख
१०) रनपा ३ वेल्सी–वन्सी कयर खोला पुल रू ३० लाख
११) रनपा १६ हात्तिगाडे–कुनाहघारी खैनपा ४ कयर खोला पुल रू ३० लाख
१२) कयर खोला पुल रत्ननगर नपा १४ नयाँवस्ति बाट खैरहनि नपा २ सिमलघारि जोड्ने पुल रू ३० लाख
१३) कयर खोला पुल रू ३० लाख

 

http://www.mopit.gov.np/noticefile/Red%20Book%20Final%202079_1654514825.pdf?fbclid=IwAR0DiYq1oPbmox4bzi6wDvBxNZQwHF58LzgJXTIlUBqMbJwuIpFBiZkypyg

शेयर गरौ

ताजा अपडेट