उपमेयरलाई अमर्यादित फेसबुक म्यासेज पठाउनेले मागे माफी

चितवन, १० फागुन ।
सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई अमर्यातित शब्द लेखेर संदेश पठाएका भरतपुर–११ का शिवहरी सुवेदीले अवआईन्दा गल्ती नगर्ने गरी माफी मागेका छन् ।
सुवेदीले फेसवुकमा पठाएको संदेशले आफु असुरक्षीत महसुुस भई मर्यादामा खलल पुगेको जनाउदै उपमेयर शाहले प्रहरीमा उजुरी गर्नुभएको थियो ।
स्थानीय पार्टी प्रतिनिधी सहितको रोहवरमा सुबेदीलाई फागुन १०, १४ र १८ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको छ ।

ताजा अपडेट