निजिलाई छपाइको अनुमती दिए १५ दिनभित्र विद्यार्थीको हातमा पुस्तक : महासंघ

चितवन १६ जेठ । सरकारले सरकारी संस्था जोगाउने बहानामा ९० लाख विद्यार्थीको भविष्यमाथि भएको खेलवाड गरेको आरोप लगाएको छ ।
नेपाल मुद्रण उद्योग महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै शैक्षिक शत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक पु¥याउन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष खोमकान्त रेग्मी द्वारा जारी विज्ञप्तिमा जनक शिक्षाले अझैपनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण शैक्षिक शत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक नपु¥याएको जनाइएको छ । समयमा पुस्तक नपुग्दा विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको भन्दै सरकारले पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिएमा निजी क्षेत्रले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने दावी गर्नु भयो ।
महासंघले निजी क्षेत्रसँग सहकार्य गरेर कम्तीमा कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिएमा निजी क्षेत्रले १५ दिनमै देशैभरि पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पु¥याउने दाबी गरेको हो ।
यसअघि सरकारी स्वामित्वको मुद्रण संस्था जनक शिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै छपाइ तथा वितरण गर्न नसकेपछि २०६४ सालबाट कक्षा १ देखि कक्षा ८ सम्मका सामुदयिकविद्यालयका पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो ।
समयमै पुस्तक नछापिएको देख्दादेख्दै पनि निजी क्षेत्रलाई खुम्च्याएर शैक्षिक शत्र २०७८ मा कक्षा १ देखि ४ सम्म र २०७९ को लागि १ देखि ३ सम्म मात्र छपाइ तथा वितरणाको अनुमति दिएकोले यो भयावह अवस्था आएको महासंघको भनाइ छ ।
निजीले पाएको जिम्मेवारी अनुसार कक्षा १ देखि कक्षा ३ सम्मका पाठ्यपुस्तक देशभरि वितरण भइरहेको महासंघको दावी छ ।
पुस्तक छपाइको लागि निजी क्षेत्रले गरेको अरवौँ रुपैयाँको छपाइ मेसिन कामको अभावका कारण खाली रहेको तर निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइमा कक्षा थप गराउन शिक्षा मन्त्रालयमा र माताहातका निकायहरुलाई कयौँ पटक अनुरोध गर्दा समेत सुनुवाइ नभएको अध्यक्ष रेग्मीले गुनासो गर्नुभयो ।

महासंघको अनुरोध सुनुवाइ नभएकाले अझै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना देखिदैन र विद्यार्थीले पाठ्यपुस्तकबिना नै परिक्षामा सामेल हुने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

शेयर गरौ

ताजा अपडेट