हट्यो संसदको अवरोध, नौ महिनापछि पछि हट्यो एमाले

काठमाडौं ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध हटाउने निणर्य लिएको छ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसद अवरोध हटाएर नयाँ ढंगले विरोधका कार्यक्रम अघि बढाउने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुरुमै एमालेको तर्फबाट आफ्ना कुरा राख्दै ज्ञवालीले अब नयाँ ढंगले आन्दोलन अघि बढाउने जानकारी गराएका हुन् । ‘हामीले आन्दोलनका स्वरूपलाई फरक ढंगले अघि बढाउन चाहेका छौँ’, उनले भने, ‘देशको अर्थतन्त्र संकटमा परेको छ । तर सरकार गैरजिम्मेवार देखिएको छ । यस्तो अवस्थामा संसदमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले यो कदम चालेका हौं ।’

 

शेयर गरौ

ताजा अपडेट