चितवन समाचारडट कम, फागुन ९, पोखरा ।
सुचना सञ्चार तथा प्रबिधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारका बिरुद्ध अफवाह फैलाइएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको पोखरामा आज बाट शुरु भएको केन्द्रीय साधारणसभालाई संवोधन गर्दै सञ्चार मन्त्री बास्कोटाले सरकारका बिरुद्ध अनर्गल र अनावश्यक ढंगले अफवाह फैलाउने प्रयास भइरहेको दावी गर्नुभयो ।
“ज्वरो आएपनि सरकारलाई दोष, निन्द्रा नलागे पनि सरकारलाई दोष, यस्तो नकारात्मक चिन्तन लिएकालाई केही गर्न सकिदैन” मन्त्री बास्कोटाले भन्नुभयो ।
सामाजिक सञ्जालका सन्दर्भमा यसलाई कसरी मर्यादीत र ब्यबस्थित बनाउने बिषयमा मात्र सरकारले चासो राखेको मन्त्री बास्कोटाले बताउनुभयो । ब्यबस्थित गर्नैका लागी संस्थाहरुलाई युट्युव, फेसवुक चलाउदा दर्ता हुनुपर्ने प्रावाधान गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
सञ्चार क्षेत्रमा धेरै बिकास र अधिकतम सुबिधा दिने तयारीका साथ कानुन ल्याउन लागेको मन्त्री बास्कोटाले बताउनुभयो ।