चितवन समाचारडटकम, फागनु ९ , पोखरा ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम् प्रभावशाली युवा नेता योगेश भट्टराईले बर्तमान सरकारले आगामी बर्षवाट बिकासको फड्को मार्ने दावी गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघको आजबाट पोखरामा शुरु भएको केन्द्रीय साधारणसभालाई संबोधन गर्दै नेता भट्टराईले पहिलो बर्ष आधारशिला बनेकोले अर्को बर्ष स्वभाविक ढंगले बिकासले गती लिने बताउनुभयो ।
“सरकारले अर्को वर्ष बिकासको जम्प गर्नेछ, एक बर्ष आधारशिला तयार पार्नको लागि बितेको छ । आउदा वर्षमा बिकासले गति लिने छ । अब सरकारले बिकासको सगरमाथा चड्ने छ । अबको चार वर्षमा शिखर चुम्ने छ ।”– भट्टराईले भन्नुभयो ।
साधारण सभामा शुभकामना ब्यक्त गर्दै भटराईले पे्रस स्वतन्त्रता प्रति आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । नेकपाले प्रेस स्वतन्त्रलाई अपरिवर्तनीय धाराको रुपमा दस्ताबेजीकरण गरिसेकेको उहाँले बताउनुभयो । हामी स्वतन्त्रता को हिमायती हौ र निरंकुशताका बिरुद्ध लडेका छौ । यसको रक्षा गर्नुपनि हाम्रै दायित्व हो, भट्टराईले भन्नुभयो ।