७० वर्ष नाघेका नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्छु : मल्ल

चितवन २७ वैशाख । भरतपुर वडा नं. ११ का नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार कमल वहादुर मल्लले ७० वर्ष नाघेका नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
मंगलबार घरदैलोको अन्तिम दिन वडाको विभिन्न स्थानमा चुनावी प्रचारमा उहाले जेष्ठ नागरिकलाई निःशुल्क विमा गर्ने बताउनुभयो । वडा अध्यक्षमा आफू विजयी भएपछि जेष्ठ नागरिकको सम्मान र स्वास्थ्यको लागि आफूनो पहिलो काम विमाको हुने बताउनुभयो । उहाले जेष्ठ नागरिकलाई जेष्ठ आराम घर निर्माण गर्ने, उहाँहरुको सम्मानका कार्यक्रम ल्याउने बताउनुभयो ।
मल्लले स्वास्थ्य शिक्षालाई सुलभ ढंगले सञ्चालन गर्ने, शिक्षाको उज्यालोबाट बन्तिच हुने वातावरण हटाउने, सवैको पहुुचमा शिक्षा उपलब्ध गराउने काम वडाको रहने बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट