चितवन २७ वैशाख । भरतपुर वडा नं. १० का नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार भक्ति गौतमले सवै राजनीतिक दलसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
मंगलबार भरतपुर १० को घरदैलोको क्रममा आफूले कुनैपनि पक्षलाई विभेद नगरी समान दृष्टिले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफूले जितेपछि वडाका सवै राजनीतिक दलसंग सहकार्य गरेर वडाको विकासमा लाग्ने बताउनुभयो । वडा वासीको चाहना र यहाँको आवश्यकता नै मेरो लक्ष्य हो उहाले भन्नुभयो वडावासीले आफूलाई न्याय दिनेमा विश्वस्त भएको छु, यहाँको माटोमा भिजेको हुनाले मैले विकास गर्न सक्छु ।
यहाँको ढल निर्माण, फोहोर व्यवस्थापन, व्यवस्थित आवास, शैक्षिक सस्थाको विकास, विद्यार्थीले पाउनु पर्ने गुणस्तरीयता शिक्षामा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।


