चितवन समाचारडटकम, ९ फागुन , पोखरा ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा पर्यटकीय नगरी पोखरामा शुरु भएको छ । अहिले उद्घाटन समारोह चलिरहेको छ ।
पोखरामा एक औपचारिक समारोहका बिच साधारण सभाको प्रतिनिधी सभाका सभामुख कृष्णवहादुर महराले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा नेपाल सरकारका सुचना, सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बास्कोटा, पर्यटन मन्त्री रबिन्द्र अधिकारी विभिन्न राजनीतिकदलका नेताहरु, पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्षहरु, बरिष्ठ पत्रकारहरु लगायत अतिथी हुनुहुन्छ ।
उत्कृष्ट कार्यगरेवापत चितवन शाखा सहित विभिन्न जिल्ला शाखा सम्मानित भएका छन् । समारोहमा चितवनका तर्फवाट पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडालाई सम्मान पत्र प्रदान गरिएको छ । चितवन सहित मोरंङ, धनुषा, सुनसरी धादीङ, जिल्ला सम्मानित भएका छन् ।
महासंघको साधारणसभाले बिधान संसोधन वारे पनि निर्णय लिने जनाइएको छ । मुलुक प्रादेशीक संरचनामा गएकाले सोही बमोजिम संगठनात्मक संरचना कसरी अघि बढाउने भन्ने बिषयमा घनिभुत छलफल गरी यसै साधारणसभाबाट निर्णय लिने तयारी रहेको बुझिएको छ । साधारणसभामा सहभागी हुन देशभरवाट पत्रकारहरु पोखरा पुगेका छन् ।