भरतपुर-१२ मा एमालेकाे घरदैलोमा जनसहभागिता दिनहुँ बढ्दाे

चितवन, २३ बैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ का नेकपा (एमाले ) का अध्यक्ष उमेदवार लेखराज पन्त हरी सहित सदस्यहरूकाे घरदैलो तथा मतदाता भेटघाटमा दिनहुँ स्थानीय जनसहभागिता बढ्दाे पाईएकाे छ ।
घरदैलोमा दिनहुँ बढेको जनसहभागिता र मतदाताकाे प्रतिक्रियाले आफू उत्साहित बनेको अध्यक्ष उमेदवार पन्तले प्रतिक्रिया दिनुभयो ।
वडा बिकासकालागि अघि सारेका याेजना कार्यन्वयन गर्न आफू प्रतिवद्द रहेको पन्तले मतदाता माझ बताउने गर्नुभएको छ । कतिपय स्थानमा फुलमाला र अविर लगाईदिएर मतदाताले सद्भाव ब्यक्त गरेका छन् ।
भरतपुर-१२ मा एमाले र राप्रपा बिच चुनावी सहकार्य छ । एमाले बाट वडा अध्यक्षमा लेखराज पन्त हरी, सदस्यहरुमा जमुना ढुङ्गाना, मिरा नेपाली र वीर बहादुर स्याङ्तान एवम् राप्रपाबाट सदस्यमा सञ्जयकुमार थापा उमेदवार हुनुहुन्छ ।
शुक्रबार वडाका जिल्ला प्रशासन टाेल र राधाकृष्ण टाेलमा घरदैलो गरिएको शनिबार पाेखरेली टाेल र चेतनाटाेलमा घरदैलो रहने एमाले वडा कमिटी सचिव शाेभा पण्डितले जानकारी दिनुभयाे ।
बिहान ७ बजे मुनालचाेकमा जम्मा भई घरदैलो शुरुहुने उहाँले जानकारी दिनुभयो ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य कृष्ण नेपाली ,जिल्ला कमिटी सदस्य एवम् वडा ईन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल ,एमाले वडा कमिटी अध्यक्ष तिलप्रसाद न्याैपाने, वडा नम्वर-१२ का कावा वडाअध्यक्ष बिमला भट्टराई , पार्टी वडा उपसचिव मनाेज भुजेल सहित स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरु घरदैलोमा उमेदवार सहित सहभागी भएका थिए ।

शेयर गरौ

ताजा अपडेट