भरतपुर-१२ का वडाअध्यक्ष उमेदवार पन्तकाे घाेषणा : ५० लाखकाे छात्रवृत्ति काेष,आधा रकम आफै हाल्ने

चितवन, २१ वैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर-१२ का अध्यक्ष पदका एमाले उमेदवार लेखराज पन्त(हरी)ले आफू निर्वाचित भएपछि ५० लाख रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति काेष स्थापना गर्ने घाेषणा गरेका छन् ।
काेषमा वडाकाे ५० प्रतिशत रकम र त्यसमाथि आफुले ५० प्रतिशत रकम ब्यक्तिगत रुपमा याेगदान गर्ने पन्तले घाेषणा गर्नुभयो । नियमित चुनावी घरदैलोका क्रममा पन्तले आज यस्ताे याेजना सार्वजनिक गर्नुभएको हाे ।
वडाभित्रका बालबालिकाकाे शैक्षिक स्तर बढाउन र जनतालाई राहत दिलाउन काेष स्थापना गर्ने पन्तको याेजना छ । काेषबाट सामुदायिक बिधालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्री, पाेषाक र पाेषण सामाग्री खरिद गरि उपलब्ध गराउने याेजना उहाँले सुनाउनु भयाे ।
छात्रवृत्ति काेष सञ्चालन र यसकाे वितरणकाे लागि कार्यविधि बनाईने पन्तले बताउनुभयो ।
भरतपुर-१२ मा सामुदायिक स्तरमा माेहन माध्यमिक विधालय सञ्चालनमा छ । याे छात्रवृत्ति काेष सञ्चालनले सामुदायिक बिधालय प्रतिकाे आकर्षणमा वृद्धि हुने र निम्न आय भएका जनतालाई राहत मिल्ने बिश्वास रहेको पन्तले बताउनुभयो ।

सामाजिक सेवामा क्रियाशिल पन्त नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उमेदवार हुनुहुन्छ ।

शेयर गरौ

ताजा अपडेट