चितवन २० वैशाख । भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्षका उमेद्वार भक्तिप्रसाद गौतमले ढल निकास र फोहोर व्यवस्थापन आफ्नो पहिलो एजेण्डा रहेको बताउनु भएको छ ।
नेकपा एमाले भरतपुर वडा नं. १० कमिटीको आयोजनामा चुनावी घरदैलो कार्यक्रमका बिच स्याउलीबजारमा गरिएको कोण सभामा बोल्दै वडाको सामुहिक समस्यानै ढल निकास र फोहोर व्यवस्थापन भएको बताउनुभयो । आफूले विजय भएपछि पहिलो काम नै ढलसहितको कालोपत्रे हो उहाले भन्नुभयो ‘सेवाग्राहीलाई सहज र सरल तरिकाले कार्य सम्पादन गर्ने छु गुनासो आउने काम हुने छैन ।’
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी निजी विद्यालयमा पढ्न जाने वाध्यता हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले विगतका नेतृत्वले गरेका कमजोरीलाइ लिएर वडावासीले कुनै गुनासो नगर्न आग्रह गर्नुभयो । तपाईको सेवकको रुपमा वडा अध्यक्ष भएर काम गर्नेछु स्थानीयको समस्या नै वडा कार्यालयको समस्याको रुपमा मनन् गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्यहरु सूर्यवदना हमाल, निर्मा विश्वकर्मा, ददिराम देवकोटा, निरवहादुर लामा ‘अनिश’ले वडाको विकासमा आफ्नो योगदान रहने बताउनुभयो ।
घरदैलो कार्यक्रममा नेकपा एमाले पूर्व प्रदेश कमिटी सदस्य सीता वस्याल, वडा इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम, वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ, सचिव वद्रीप्रसाद खनाल, उपसचिव विज्ञान पौडेल, चिन्तामणि कडेल, शैक्षिक व्यक्तित्व भानु उपाध्याय, सामाजिक व्यक्ति केशव अधिकारी, शोभाखर अधिकारी, रामबाबु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।